परिसकेको नतिजा उल्टउदै साल्केले युरोपा लिगको अन्तिम १६ मा आफ्नै देशको क्लब बोरुसिया मोन्चेनग्लाडलाई ‘अवे’ गोलको आधारमा पराजित गरेको छ।
दुवै जर्मनी क्लबबीचको भिडन्तमा समग्रमा ३–३ गोलको नतिजा निस्किए पनि साल्के ‘अवे’ गोलको आधारमा क्वाटरफाइनल प्रवेश गर्यो।
बोरुसियाको घरेलु मैदानमा विहिबार राती ९नेपाली समयअनुसार शुक्रबार बिहान० सम्पन्न दोस्रो लेगको खेलमा आन्द्रेस क्रिस्टेन्सनले २६ र महमुद दाउदले ४५ मिनेटमा गोल गरेपछि बोरुसियाले सुरुमै दुई गोलको अग्रता लिएको थियो।
तर, दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गरेको साल्केका लागि ५४ मिनेटमा लेयोन गोरेट्जाका र ६८ मिनेटमा नबिल बेन्टालेबले गोल फर्काएका थिए। उनले पेनाल्टीमार्फत गोल गरेका थिए। पहिलो हाफमा घरेलु टोलीका लागि नायकीय प्रदर्शन गरेका दाउदले डिबक्समा हातले बल छोएपछि साल्केले पेनाल्टीको अवसर पाएको थियो। साल्के जर्मनी लिग बुन्डेसलिगामा मोन्चेनग्लाडभन्दा २ स्थान तल छ।
यसअघि साल्केको घरेलु मैदानमा भएको पहिलो लेगको खेल पनि १–१ गोलको बराबरीमा रोकिएको थियो।
५ माघ , काठमाडौं । सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यमा राजधानीको सभागृहमा समुदघाटन
२२ पुस,काठमाडौं । अनुराधा फिल्म्स इन्टरनेस्नल प्रालिको आयोजनामा दोस्रो नेपाल ब्युटिसियन एण्ड फेसन अवार्ड-२०७९ माघ
१५ पुस,काठमाडौं । सर्वकालिन महान फुटबल खेलाडी पेलेको ८२ वर्षको उमेरमा निधन भएको छ ।
७ पुस,काठमाडौं । सौन्दर्यकर्मी मन्जु श्रेष्ठ द्वारा संचालनमा ल्याइएको ललितपुर एकान्तकुना खरिबोट स्थित मंजीना हेयर
२७ मंसिर,काठमाडौं । अमेरिकाको बोष्टन राज्यमा बसोबास गर्दै आएकी लोकप्रिय गीतकार, कवयत्री, साहित्यकार तथा चलचित्र
२५ मंसिर,काठमाडौं । सौन्दर्य क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल भएको प्रोत्साहनाज ब्यूटीपार्लर एण्ड ट्रेनीङ सेन्टरले