१२ असार, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्रीमा निर्वाचित भएको १९ दिन बितिसक्दा पनि मन्त्रिपरिषद् विस्तार गर्न सकेका छैनन् । जसका कारण २३ मन्त्रालय मन्त्रीविहीन छन् । २३ मन्त्रालयको जिम्मेवारी लिएका प्रधानमन्त्री आफैं एक साताका लागि काठमाडौं बाहिर छन् ।
१९ दिनदेखि मन्त्रीविहीन मन्त्रालयमा प्रशासनिकबाहेक जनताका कुनै पनि काम हुन सकेका छैनन् । संघीयता कार्यान्वयनका महत्त्वपूर्ण जिम्मेवारी रहेका मन्त्रालयमा समेत मन्त्री नरहँदा गम्भीर समस्या परिरहेको प्रशासकहरुले बताएका छन् ।
मन्त्रालयमा विभिन्न काम लिएर आउने सेवाग्राहीलाई मन्त्रालयका कर्मचारीले मन्त्री हुनुहुन्न, मन्त्री बहालीपछि आउनुहोस् भन्दै फिर्ता गर्न थालेपछि सिंहदरबार सुनसान रहेको नयाँ पत्रिका दैनिकमा खबर छ ।
हाल आपूर्ति, उद्योग, ऊर्जा, कृषि विकास, खानेपानी तथा सरसफाइ, जनसंख्या तथा वातावरण मन्त्रालय मन्त्रीविहीन छन् । त्यसैगरी जनसंख्या तथा वातावरण, पशुपंक्षी, भूमिसुधार तथा व्यवस्था, भौतिक पूर्वाधार तथा यातायात, महिला तथा बालबालिका, युवा तथा खेलकुद, रक्षा, वन तथा भूसंरक्षण, वाणिज्य, विज्ञान तथा प्रविधि, शान्ति तथा पुनर्निर्माणलगायतका मन्त्रालयले पनि मन्त्री पाएका छैनन् ।
२२ माघ, काठमाडौं । नेपाल राष्ट्र बैंकका प्रथम गभर्नर हिमालय शमशेर जबराको निधन भएको छ।
२१ माघ, काठमाडौँ । उचित मूल्य नपाएको भन्दै चितवनका किसानहरूले सडकमा तरकारी फालेको भन्दै आएका
२१ माघ, काठमाडौं । कतारमा कार्यरत नेपाली युवा रञ्जित कुमार पालले अबुधाबीमा आयोजित बिग टिकट र्याफल ड्रको
२१ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच
२१ माघ,काठमाडौं । बिहीवार साँझ नेपाल आएका मलेसियाली गृहमन्त्री सैफदिन नासुन आज स्वदेश फर्कदै
२० माघ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भिजिट भिसामा दुबई पुगेकी किशोरी कुवेतमाबेचिएकी छिन्। मानव