२१ अंकले बढ्यो सेयर बजार

मङ्सिर १०,काठमाडौं : ३२ जिल्लामा प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचन भइरहेको दिन आइतबार सेयर बजार परिसूचक (नेप्से) २१.०५ अंकले बढेर १५ सय १४.३४ बिन्दुमा पुगेको छ । अधिकांश समूह तथा उपसमूहका परिसूचक बढेकोले सेयर बजार बढ्न गएको हो ।

1049441490nepse-chart

आइतबार १५५ कम्पनीको ५ हजार ६४१ कारोबारबाट १० लाख ७४ हजार १९६ कित्ता सेयरको खरिद बिक्री भई ५९ करोड ४ लाख ४४ हजार ९११ बराबर रकमको कारोबार भएको छ । 
सबैभन्दा धेरै विमा समूहको सेयर ८२.१२ अंकले बढेको छ । त्यस्तै जलविद्युत्को ६८.५, लघुवित्त समूहको २८.५२ अंकले बढेको छ भने ट्रेडिङको सेयर ६.३४ अंकले घटेको छ ।

 

photo

NOC1-250x300