२०१ जनामा संक्रमण पुष्टि, संक्रमितको संख्या २३००

नेपालमा बुधबार २०१ जनामा  कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।  बुधबारसम्ममा संक्रमितको संख्या २३०० पुगेको  नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए ।

corona

मंगलबारसम्म नेपालमा कोरोना संक्रमितको संख्या २०९९ रहेको थियो । यस्तै हालसम्म ८ जनाको मृत्यु भएको छ ।

बुधबार थप १२ जना घर फर्किएसँगै नेपालमा कोरोना निको भएर घर फर्किनेको संख्या २७८ पुगेको छ ।

 

photo

NOC1-250x300