काठमाण्डौ , निर्बाचनमा निस्चित मत ल्याउनु पर्ने ‘थ्रेसहोल्ड’ को ब्यबस्था नहुँदा संसदमा १ सितमात्र हुने दलहरूको ‘बार्गेनिङ’ बढेको छ । हालको सरकारमा एक–एक सिट भएका समाजवादी जनता पार्टीका अध्यक्ष प्रेमबहादुर सिंह र अखण्ड पार्टी नेपालका अध्यक्ष कुमार खड्का मन्त्री बनेका छन् ।
गणतन्त्र प्राप्ति पछिका प्रायः हरेक सरकारमा उनीहरूको सहभागिता रहेको छ । राज्यको स्रोत–साधनमाथि पहुँच बढाउन एकसिटे दलका नेताहरूले आफ्नो स्वार्थअनुकूल पार्टी विभाजन गर्ने र मन्त्री बन्नेसम्मका घटना पटक–पटक दोहोरिएका छन् ।
राजनीतिक दलसम्बन्धी व्यवस्थामा निर्वाचन आयोगले भनेअनुसार १.५ प्रतिशत मात्र थ्रेसहोल्ड भएको भए पनि २०७० को निर्वाचनमा ११ दलको मात्रै संसदमा प्रतिनिधित्व हुने देखिन्छ । त्यसो हुँदा कांग्रेस, एमाले, माओवादी केन्द्र, राप्रपा, मधेसी जनअधिकार फोरम, फोरम लोकतान्त्रिक, नेकपा माले, तराई मधेस लोकतान्त्रिक पार्टी, राष्ट्रिय जनमोर्चा, नेमकिपा र सद्भावना पार्टीले मात्रै संसदमा प्रतिनिधित्व पाउने थिए ।
अहिले संसदमा ३१ दलले प्रतिनिधित्व गर्छन् अझ थ्रेसहोल्ड कम्तिमा ३ प्रतिसत हुनुपर्ने माग जनस्तरबाट उठिरहेको छ । थ्रेसहोल्डको चर्चा चल्नासथ साना पार्टीहरु सधै बिरोधमा उत्रने गरेका छन ।२०६४ को पहिलो संविधानसभा निर्वाचनमा मिश्रित निर्वाचन प्रणाली अवलम्बन गरिएयता एकसिटे दलका नेताहरूको मन्त्रिपरिषदमा हालीमुहाली सुरु भएको हो ।
पिपुपल नेपाल संवाददाता,३१ साउन हेटौंडा। नेपाल कम्युनिस्ट पार्टी (मालेमा केन्द्र) पुनर्गठन भएको छ। हेटौंडामा सप्पन्न
पिपुल नेपाल संवाददाता,३१ साउन भक्तपुर। राष्ट्रिय युवा संघ नेपाल भक्तपुरको आयोजनामा गाईजात्रा (घिन्टाङ-घिसि)कार्यक्रम हुने भएको
साउन ३१, काठमाडौं । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा पूर्व राज्यमन्त्री राम सिंह
सुर्खेत, ३१ साउन । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सेनाले सङ्घीयताविरुद्ध योजनाबद्ध ढङ्गले प्रहार भइरहेकाले प्रदेश र
पिपुल नेपाल संवाददाता,२९ साउन,भक्तपुर। सुर्यविनायक नगरपालिका वडा नं.८ का अध्यक्ष पुष्पराज बस्नेत सुर्यविनायक क्षेत्र प्रबन्ध
पिपुल नेपाल संवाददाता,२९ साउन,काठमाडौँ — राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक फिर्ता गरेकी छन्