१ नम्बरमा पुगिन् साम्राज्ञी

timthumb-11चौविस घण्टामा सर्वाधिक भ्युअर्स बटुल्दै फिल्म ‘ए मेरो हजुर २’ को शिर्ष गीतकोभिडियो नेपालको युट्युव ट्रेन्डिङमा नम्वर वानमा बस्न सफल भएको छ। आइतबार राती अपलोड गरिएको भिडियोलाई मंगलबार बिहानसम्म करिब ६ लाखले हेरिसकेका छन्। गीत सोमबार रातीदेखि भिडियो नम्वर वान ट्रेन्डिङमा छ।

अभिनेत्री झरना थापाको डेव्यु निर्देशन ‘ए मेरो हजुर २’को शीर्ष गीतको लोकेशन तथा गीतका कारण साम्राज्ञी तथा नव नायक सलिनमान बनियाँको रोमान्स पस्किएको गीतले ट्रेन्डिङले आफूलाई १ नम्बरमा पार्न सफल भएको हो।

गीतमा संसारकै सर्वाधिक उचाइमा रहेको तिलिचो तालका सुन्दर दृश्यहरू रहेका छन्। पहिलोपटक कुनै नेपाली फिल्मले तिलिचोमा आफूलाई छायाँकन गरेको हो। गीतको चर्चा र ट्रेन्डिङले फिल्मलाई गतिलो हाइप दिने आँकलन गरिएको छ।

भदौ १६ मा रिलिज हुने फिल्मलाई सुनिल कुमार थापाको निर्माण गरेका हुन्।

गीतमा कल्याण सिंहको संगीत, डा।कृष्णहरी बरालको शब्द तथा सुगम पोखरेलको स्वर रहेको छ। रेनशा वान्तवा राईको कोरियोग्राफी रहेको भिडियोलाई संजय लामाले खिचेका छन् भने कस्ट्युम डिजाइन युवी थापाको छ।

 

photo

NOC1-250x300