१७ किलो सुनसहित एक युवक प्रहरीको फन्दामा

१६ कात्तिक,काठमाडौँ : काठमाडौँ लमजुङमा अनुमानित १७ किलो सुन सहित एक युवक पक्राउ परेका छन् ।

gold-sun

मर्स्याङ्दी गाउँपालिकाको खुदीबाट सुनसहित युवक पक्राउ परेका हुन् ।मनाङ तर्फबाट मोटरसाइकलमार्फत झर्दै गरेका युवकले सुनलाई झोलामा लिएर आउँदै गर्दा पक्राउ परेको प्रहरीले जनाएको छ ।

मोटरसाइकलमा आउँदै गरेका ती युवक प्रहरीले चेकिङका क्रममा रोकेपछि भागेका युवकलाई भाग्दै गर्दा खुदी बजार क्षेत्रबाट प्रहरीले पक्राउ गरेको हो ।सुनलाई तिब्बतको सीमाबाट मनाङ हुँदै ल्याइएको हुनसक्ने अनुमान गरिएको छ ।

 

photo

NOC1-250x300