असार १२, काठमाडौं–सरकारले स्थानीय तह दोस्रो चरणको निर्वाचनमा ढुक्क भएर मतदान गर्न आम मतदातालाई आह्वान गरेको छ ।
गृहमन्त्री जनार्दन शर्माले सबै मतदान केन्द्रमा सुरक्षाको व्यवस्था सुदृढ रहेको उल्लेख गर्दै ढुक्क भएर मतदानमा भाग लिन सबै मतदातासँग आग्रह गरेका हुन् ।
सोमबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले पहिलो चरणको निर्वाचनको अनुभवलाई समेत ध्यानमा राखेर स्थानीय तह दोस्रो चरणको निर्वाचनको सुरक्षा व्यवस्था थप विकसित र परिमार्जित गरिएको पनि स्पष्ट पारे ।
बुधबार १, ५ र ७ नम्बर प्रदेश अन्तरगतका ३ सय ३४ वटा स्थानीय तहमा दोस्रो चरणको निर्वाचन हुँदैछ । गृहमन्त्री शर्माले निर्वाचनका लागि आवश्यक सबै सुरक्षा व्यवस्था गरिएको पनि स्मरण गराए । उनले मतदान केन्द्र, मतदान स्थल, मतपेटिकाको सुरक्षा र मतगणना समेतलाई ध्यानमा राखेर सुरक्षा व्यवस्था मिलाइएको पनि बताए ।
सरकारले अति संवेदनशील, संवेदनशील र सामान्य गरी तीन वटा सुरक्षा घेरा बनाएर सुरक्षाकर्मी परिचालन गर्ने नीति नै बनाएको छ ।
गृहमन्त्री शर्माले स्थानीय तहको निर्वाचनलाई सहज रुपमा सम्पन्न गर्न सरकारले तीन चरणमा निर्वाचन गर्नु परेको पनि प्रष्टिकरण दिए ।
उनले मधेश केन्द्रित सबै दललाई निर्वाचन ल्याउन पनि सरकारले तेस्रो चरणको निर्वाचन असोज २ गते गर्ने निर्णय लिनु परेको पनि स्पष्ट पारे ।
गृहमन्त्री शर्माले दोस्रो चरणको निर्वाचनमा स्वतन्त्र उम्मेदवारको हैसियतमा राष्ट्रिय जनता पार्टी, नेपालले समेत निर्वाचनमा भाग लिने वातावरण बनाउनु सरकारको ठूलो सफलता भएको पनि उल्लेख गरे । उनले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले समेत निर्वाचनमा भाग लिएकोमा खुसी समेत व्यक्त गरे ।
गृह मन्त्रालयले स्थानीय तह दोस्रो चरणको निर्वाचनका लागि आवश्यक्ता अनुसार सुरक्षाकर्मी परिचालन गर्ने व्यवस्था गरेको पनि जनाएको छ ।
गृहमन्त्री शर्माले मौन अवधिमा निर्वाचन आचारसंहिता विपरितका गतिविधि नगर्न पनि सबैमा आग्रह गरे ।
बुधबार तीन वटा प्रदेश अन्तरगतका ३५ जिल्लाका ८ हजार ३ सय ६४ मतदान केन्द्रमा निर्वाचन हुँदैछ । यता, निर्वाचन आयोगले पनि सरकारले निर्वाचनका लागि आवश्यक सुरक्षा व्यवस्था मिलाएको जनाएको छ ।
१६ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहिद दिवसको अवसरमा लैनचौरमा रहेको सहिद स्मारक
१६ माघ, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सहिद दिवस, २०७९ को अवसरमा नागरिक स्वतन्त्रता, लोकतन्त्रको
१४ माघ, काठमाडौं । अभिनेत्री तथा मोडल एलिजा गौतम नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेकी छिन
१३ माघ, काठमाडौं । चर्चित लोक तथा दोहोरी गाएक भीम पौडेलको निधन भएको छ ।
१३ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष एवं पुर्व प्रधानमन्त्री
१२ माघ, काठमाडौं । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीकै दिन मनाइने ‘श्रीपञ्चमी’ पर्व आज विद्याकी