काठमाडौं, १६ चैत । सरकारले १० लाख भन्दा बढीको कारोबार नगदमा गर्न नपाइने व्यवस्थासहित पहिलोपटक सीमा तोकेको छ ।गत साता राजपत्रमा सूचना प्रकाशन गरेर आगामी साउन १ गतेदेखि लागू हुने गरीफ नगद कारोबारको सीमा निर्धारण गरिएको हो । यो व्यवस्था लागू भए पछि कुनै पनि व्यक्ति, फर्म, कम्पनी वा संस्थाले एक पटकमा १० लाखभन्दा बढीको कारोआर नगदमा गर्न नपाउने भएका छन् ।