हेलिकोप्टर मार्फत गर्भवतीको उद्धार

सिन्धुपाल्चोक, साउन २२ः जिल्लाको पाँचपोखरी थाङ्पाल गाउँपालिकाको विकट वडा नं ६ थाङ्पाल धाप लेखर्ककी एक गर्भवतीलाई बिहीबार हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।

बिहान ८ बजेदेखि भर्ना गरिएकी ३४ वर्षीया पासाङ लामालाई स्थानीय स्वास्थचौकीबाट सुत्केरी गराउन नसकेपछि गाउँपालिकाको पहलमा नेपाली सेनाको हेलिकप्टरद्वारा काठमाडौँ पठाइएको गाउँपालिका अध्यक्ष टासी लामाले बताए ।

शिशुको टाउको ठूलो रहेको र मुटुको धड्कन सामान्य नरहेको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख आत्माराम धितालले जानकारी दिए ।

अविरल वर्षाले सडकमा पनि क्षति पुर्‍याएपछि हेलिकप्टरमार्फत उद्धार गरिएको बताइएको छ ।

 

photo

NOC1-250x300