हेलिकप्टर दुर्घटनामा साउदीका राजकुमारको मृत्यु

एजेन्सी – साउदी अरबका राजकुमार मंसुर बिन मुकरिनको हेलिकप्टर दुर्घटनामा मृत्यु भएको छ ।

15-minute-helicopter-flying-28114838

राजकुमारसहित अन्य उच्च अधिकारी चढेको हेलिकप्टर यमनको सिमा नजिक दुर्घटनामा परेको साउदीको सरकारी टेलिभिजनलाई उद्यृत गर्दै बीबीसीले जनाएको छ । असीर प्रान्तका डेप्युटी गर्भनर मंसुर साउदी अरबका पूर्व राजकुमार मुकरिन अल सउदका छोरा थिए ।

दुर्घटनामा हेलिकप्टरमा सवार सबैको मृत्यु भएको समाचारमा उल्लेख छ । हेलिकप्टर दुर्घटनाको कारण खुलेको छैन ।

 

photo

NOC1-250x300