काठमाडौं, १७ माघ । पूर्व युवराज पारस र हिमानीकी छोरी पूर्णिकाले आमाको नामबाट नागरिकता लिएकी छिन् ।
सोमबार जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उपस्थित भएर उनले नागरिकता लिएकी हुन् । आमा हिमानी र केही सहयोगीका साथ जिल्ला प्रशासन कार्यालय काठमाडौं पुगेर उनले नागरिकता लिएकी हुन् ।
पिता पारसको अनुपस्थितिमा पूर्णिकाले आमाको नाममा नागरिकता लिएकी हुन् । पूर्णिका १६ वर्ष पुगेपछि हिमानीले उनलाई नागरिकता दिलाएकी हुन् ।