‘हाम्राे देश छोरी बेच्ने देशको रुपमा परिचित छ’

14194443_1249500051727168_1605244412_nहामी एक्काइशौं शताब्दीका मान्छे भनेर गर्व गर्छौ । तर दुखको कुरा विज्ञान र प्रविधीको युग भनेर चिनिने अहिलेको समयमा पनि हामी नेपालीहरू विश्वमा छोरी बेच्ने देशको रुपमा परिचित छौं ।

मानव सभ्यताकै कलंकको रुपमा रहेको मानब बेचबिखनका घटना झन् झन् बढिरहेका छन् । दलालले बिशेषगरी नेपाली महिलाहरूलाई नयाँ नयाँ तरिकाले नयाँ नयाँ गन्तब्यमा पुर्याईरहेका छन् । सुरु सुरुमा भारतका केहि शहरमा मात्रै हुने मानिएको बेचबिखन अहिले उत्तरी छिमेकी मुलुक चिन मात्र होईन सात समुन्द्र पारीका मुलुकसम्म पुगिसकेको छ ।

हुँदा हुँदा कतिपय अफ्रिकाका देशहरूमा मानब बेचबिखन र ओसार पसार हुने गरेका खबर आउने गरेका छन् । यसै बिषयमा मानब बेचबिखन तथा ओसार पसार विरुद्ध राष्ट्रिय दिवसको अवसरमा नेपालमा मानव बेचबिखनको अवस्था र चुनौतिका बिषयमा शान्ति पुनस्र्थापना गृह (PRC) का कार्यक्रम संयोजक बासुदेब भट्टराईसंग कोसेली न्यूजका लागि सम्पादक लोग्शरी कुँवरले गर्नुभएको कुराकानीको सम्पादित अंशः

  • तपाई लामो समयदेखि मानब बेचबिखन तथा ओसार पसार बिरुद्ध क्रियाशील हुनुहुन्छ । नेपालमा पछिल्लो समयमा के छ मानब बेचबिखनको अबस्था ?

समाजमा एउटा जघन्य अपराधको रुपमा फस्टाईरहेको मानब बेचबिखन बिश्वब्यापिकरण भईरहेको छ । मानब बेचबिखनको समस्या नेपालमा मात्र सिमित छैन । नेपालको परिप्रेक्ष्यमा हेर्ने हो भने दिन प्रतिदिन नयाँ नयाँ तरिकाबाट मानब बेचबिखन बढिरहेको छ । मानब बेचबिखनको स्वरुपमा आएको परिबर्तनसंगै चुनौति पनि थपिएको छ । नेपालबाट वर्षेनी हजारौ नेपाली चेलीहरू छिमेकी मुलुक तथा खाडी राष्ट्रहरूमा बेचिएको कहाली लाग्दो तथ्यांक हाम्रो सामु छ ।

  • भुकम्प पश्चात मानब बेचबिखनमा तिब्रता आएको भन्ने सुनिन्छ । के त्यो सत्य हो ?

पहिला पनि मानब बेचबिखन हुन्थ्यो । त्यहि भएर नै त हाम्रो जस्तो संस्थाको उदय भयो । पहिला बेचबिखन हुन्थ्यो तर संचार माध्यममा त्यसले खासै प्राथमिकता पाउँदैनथ्यो । गत बर्षको भुकम्प पश्चात पत्रपत्रिकाहरूमा पनि समाचारहरू धेरै आए । तर भुकम्पपछि बेचबिखन पनि बढेको कुरा केहि तथ्यांकहरूले पनि पुष्टि गरिसकेका छन् । घरबारबिहीन, आफन्तबिहीन महिला तथा किशोरीहरूलाई दलालहरूले सजिलैसंग आफ्नो पञ्जामा पार्ने र लगेर बेच्ने गरेको पाईएको छ । त्यसका लागि पछिल्लो समय पश्चिमी नाकाहरू बढी प्रयोग गरेको पाईएको छ ।

  • तपाइको अनुभवमा मान्छे बेचबिखन हुनुका मुख्य कारणहरू चाँही के रहेछन् ?

म यो क्षेत्रमा आठ बर्षदेखि क्रियाशील छु । मेरो अनुभवमा मान्छे बेचिनुका मुख्य कारणहरू भनेको गरीबि, अशिक्षा, बेरोजगारी हो । तर कारण यति मात्रै होइनन् । पछिल्लो समय घरेलु हिंसाका कारणले पनि मानब बेचबिखन बढिरहेको छ । बिशेषगरि घरेलु हिंसाबाट प्रताडित महिलाहरूलाई दलालहरूले बिभिन्न प्रकारका लोभ लालच देखाएर बेचबिखन गर्ने गरेको पनि पाईएको छ । त्यतिमात्र नभई आन्तरिक बेचबिखन पनि बढीरहेको छ । ग्रामिण स्तरका किशोरीहरूलाई ललाई फकाई ल्याउने र शहरका बिभिन्न क्षेत्रहरूरुमा यौन शोषणमा बाध्य बनाई लगाउने गरिएको पनि पाईएको छ ।

  • खासगरि कस्तो कस्तो कामको लागि कस्ता कस्ता देशमा नेपालबाट मानब बेचबिखन हुने गरेको पाउनु भयो ?

नेपालबाट महिला तथा बालबालिकालाई फरक फरक प्रयोजनका लागि लैजाने गरिएको पाईएको छ । किशोरीहरूलाई यौन धन्दामा लगाउनका लागि, बालबालिकाहरूलाई जोखिमपुर्ण काममा लगाउनको लागि लैजाने गरिएको पाईएको छ । पहिला पहिला भारतका केहि शहरहरूमा मात्र मानब बेचबिखन हुन्थ्यो भने अहिले बैदेशिक रोजगारीको लागि भनेर खाडि मुलुक तथा युद्ध ग्रस्त मुलुकहरूमा पुर्याईने गरेको पाईएको छ । केहि समय अगाडी हामीले दिल्लीबाट ११ जना महिलाहरूलाई उद्धार गरेका थियौ । उनीहरूलाई प्राय बैदेशिक रोजगारका लागि भन्दै युद्ध ग्रस्त मुलुकहरूमा पठाउने तयारी भईरहेको थियो । हामीले उनीहरूको उद्धार गर्न सफल भयौ । इतिहासको कुनै कालखण्डमा भारतमा नोकरी, दासत्व र यौन ब्यबसायका लागि सुरु भएको नेपाली चेलिबेटिहरूको बेचबिखन तथा ओसारपसार आन्तरीक शहर बजारदेखि छिमेकी मुलुकहरू हुँदै समुन्द्र पारीका मुलुकहरूसम्म फैलन पुगेको देखिन्छ ।

  • बेचबिखनको जोखिममा बढिजसो महिला छन् की पुरुष ?

नेपालबाट महिला र पुरुष दुबै बेचबिखनमा पर्ने गरेका भएपनि संख्यात्मक रुपमा पुरुष भन्दा बढी महिलाहरु बेचिने गरेका छन् । पुरुषभित्र पनि अँझ बालक (पुरुष) हरु बेचबिखनको जोखिममा बढी पर्ने गरेका छन् । तर बालक पुरुष भन्दा पनि बालिकाहरु बढी जोखिममा छन् । समग्रमा पुरुष भन्दा धेरै महिलाहरु बेचबिखनको जोखिममा छन् ।

  • पछिल्लो समय चिनतिर पनि नेपाली महिलाहरूलाई बेच्न लैजान्छन् भन्ने सुनिन्छ, के हो ? त्यस्तै श्रम स्वकृति नभएका देशहरूमा नि पठाउने गरिन्छ भन्ने कुराहरू आईरहेको छ नि !

बिदेशी श्रमबजार बिस्तार हुँदै जाँदा खास गरि घरेलु कामदारको रुपमा गैर कानुनि तवरले भारत तथा खाडीमुलुकमा पुर्याइने चेलिबेटिको संख्या पनि दिनदिनै बढ्दै गईरहेको छ । यौन शोषणकाकारण विक्षिप्त अबस्थामा केहि स्वदेश फर्किएका पनि उदाहरण छन् । पछिल्लो समय चिनमा पनि बेचबिखन बढेको भन्ने पाईएको छ । भुकम्प भन्दा अगाडी हामीले पनि चिनको सिमावर्ती क्षेत्र तातोपानीमा सीमा निगरानी कार्यक्रम संचालन गरेका थियौ । चिनमा महिला मात्र होईन पुरुषलाई पनि बेचबिखनको लागि लैजाने गरेको पाईएको छ । खाडिका बिभिन्न देशहरूमा लैजाँदा नो अब्जेक्सन लेटर चाहिने हुनाले पछिल्लो समय दलालहरूले श्रीलंकालाई ट्रान्जिट बनाउने गरेका छन् । यसमा कडाई गर्न जरुरी छ ।

  • तपाईहरू जस्ता धेरै संघ संस्थाहरू मानव बेचबिखन बिरुद्ध काम गरिरहेका छन् । सरकारले पनि थुप्रै गतिबिधिहरू गरिरहेको भन्छ । तैपनि किन मानव बेचबिखनमा न्युनिकरण आएको छैन ? अफ्ठ्यारो कहाँ नेर छ ?

मानब बेचबिखनको तरिका फेरिएको छ । तर हाम्रा काम गर्ने शैली पुरानै ढर्राबाट चलिरहेका छन् । दलालहरू हामी भन्दा धेरै अगाडी छन् । हामीले मानब बेचबिखनको प्रकृतिमा परिबर्तन आएसंगै हाम्रा कार्यक्रमहरूलाई पनि परिमार्जन गर्दे लैजानु पर्छ त्यसमा हाम्रा केहि कमजोरी छन् । हामी दातामुखि भयौ । नेपालको परिप्रेक्ष्यलाई हेरेर कार्यक्रमहरू अगाडी बढाउनु पर्ने देखिन्छ । पछिल्लो समय सरकारी तथा गैर सरकारी संस्थाहरूबिच राम्रो समन्वय भईरहेको छ । पक्कै पनि यो राम्रो पाटो हो ।

  • तपाईहरूले सीमा निगरानी बाहेक ग्रामिण स्तरसम्म सचेतनाका कार्यक्रमहरू लैजान नसकेको भन्ने आरोप छ नि ?

त्यस्ता आरोपको म खण्डन गर्छु । हामीले ग्रामिण स्तरसम्म पनि कार्यक्रमहरू संचालन गरेका छौ । मानब बेचबिखन हुनुको कारणहरू पहिचान गरी त्यसलाई न्युनिकरण गर्न जनचेतनामुलक कार्यक्रम, आयमुलक कार्यक्रमहरू पनि संचालन गरिरहेका छौ । ग्रामिण क्षेत्रहरूमा समुहहरू निर्माण गरि त्यसलाई वाच डगको रुपमा परिचालन गरिरहेका छौ । सीमा निगरानी कार्यक्रम त मानब बेचबिखन रोक्ने एउटा उपाय मात्र हो । मुख्य कुरा जनचेतना र आयआर्जन नै हुन्छ ।

  • बेचिएका महिलाहरूको उद्धारका लागि कुन कुन देशसम्म पुग्नु भो ? र बेचिएका महिलाहरूको अवस्था कस्तो पाउनु भो ?

म भारतका थुपै शहरहरूमा पुगि नेपाली महिलाहरूलाई उद्धार गरि ल्याएको छु । गत आर्थिक बर्षमा मात्र हामीले १५ जना नेपाली महिला तथा किशोरीहरूलाई उद्धार गरि ल्याएका थियौ । दिल्लीस्थित जिबि रोड भन्ने ठाउँमा पनि पुगेका थियौ । जो बेचिएका छन् उनीहरूको अवस्था दर्दनाक छ । बेश्यालयमै बेचिएकाहरू मालिकको इसारामा यौन शोषण गर्न बाध्य छन् । उनीहरु काल कोठरीमा फसेका छन् । उम्किन चाहान्छन् । तर सहज छैन । त्यो अवस्था देख्दा कहिले काँही म नेपाली हुनुमा धिर्काछु आफुलाई । आफ्नै देशका चेलीहरू अर्काको भूमिमा शरिर लुटाउँन बाध्य छन् । तर हाम्रो सरकार रमिते भएर हेरिरहेको छ । उनीहरुको उद्धार गर्नका लागि त्यीं देशहरुसँग रणनीति बनाएर काम गर्न सक्दैन । हामी छोरी बेच्नेहरूको देशका नागरिक बन्न बाध्य छौं ।

  • उद्धार गरेर ल्याई सकेपछि समाजमा पुनस्र्थापित गराउन कत्तिको सहज छ ?

उद्धारै गरेर ल्याएका महिलाहरूलाई पुनस्र्थापना गर्न त्यति सहज छैन । उनीहरूमा पहिलेको जस्तै सम्मानित जीवन बाँच्न चाहिरहेका हुन्छन् । तर हाम्रो ढोंगी समाज तिमी असल भए त के बेचिन्थ्यौ र भन्दै उल्टै महिलालाइ नै प्रश्न गर्छ । उसको आत्म सम्मानमा ठेस पुग्ने काम गर्छ ।

हामीले उद्धार गरेर ल्याइसकेपछि सबैभन्दा पहिला त स्वास्थोपचार गर्छौ । आबश्यक कानुनी परामर्श पश्चात दिदीबहिनीहरूको अबस्था हेरी हामी निर्णय गर्छौ । पढ्न चाहनेलाई पढाउँछौ । सिप सिक्न चाहनेहरूलाई सिप सिकाई आत्म निर्भर भएपछि समाजमा पठाउँछौ । कति महिला तथा दिदिबहिनीहरूलाई समाजमै गएर आयमुलक कार्यक्रम दिने गरेका छौ । बेचिसकेपछि उद्धार गर्नु भन्दा बेचबिखन हुनै नदिनका लागि के गर्न सकिन्छ भन्ने सोच राखेर कार्यक्रमहरू संचालन गरिरहेका छौ ।

म भारतका थुपै शहरहरूमा पुगि नेपाली महिलाहरूलाई उद्धार गरि ल्याएको छु । गत आर्थिक बर्षमा मात्र हामीले १५ जना नेपाली महिला तथा किशोरीहरूलाई उद्धार गरि ल्याएका थियौ । दिल्लीस्थित जिबि रोड भन्ने ठाउँमा पनि पुगेका थियौ । जो बेचिएका छन् उनीहरूको अवस्था दर्दनाक छ । बेश्यालयमै बेचिएकाहरू मालिकको इसारामा यौन शोषण गर्न बाध्य छन् । उनीहरु काल कोठरीमा फसेका छन् । उम्किन चाहान्छन् । तर सहज छैन । त्यो अवस्था देख्दा कहिले काँही म नेपाली हुनुमा धिर्काछु आफुलाई । आफ्नै देशका चेलीहरू अर्काको भूमिमा शरिर लुटाउँन बाध्य छन् । तर हाम्रो सरकार रमिते भएर हेरिरहेको छ । उनीहरुको उद्धार गर्नका लागि त्यीं देशहरुसँग रणनीति बनाएर काम गर्न सक्दैन । हामी छोरी बेच्नेहरूको देशका नागरिक बन्न बाध्य छौं ।

  • मानव बेचबिखन रोक्न सरकारको भुमिका कस्तो भईदिए राम्रो हुन्थ्यो ?

पछिल्लो समय सरकारबाट मानब बेचबिखन बिरुद्ध राम्रै कामहरू भईरहेको छ । राष्ट्रिय कार्ययोजना अनुसार संस्थाहरूका कार्यक्रमहरूलाई लैजाने हो भने झनै राम्रो हुन्थ्यो । मानब बेचबिखन जस्तो जघन्य अपराधलाई न्युनिकरण गर्न कुनै एक संस्थाले मात्र गरेर सम्भब हुदैन । सरकारी तथा गैर सरकारी संघसंस्थाबिच समन्वय गरेर कार्य गरेमा पक्कै पनि सफलता हाँसिल गर्न सकिन्छ । एकिकृत ढंगबाट कार्यक्रम संचालन गरेमा झन् प्रभाबकारी हुने देखिन्छ । नेपाल सरकारको मातहतका निकायहरूदेखि लिएर क्रियाशील अन्य सामाजिक संघसंस्थाबिच बेचबिखनका बिरुद्धमा एक साझा रणनीतिको निर्माण गरि सहकार्य गर्न सकेमा नेपालमा मानब बेचबिखनको क्षेत्रमा एउटा उल्लेखनिय परिबर्तन ल्याउन असम्भब छैन ।

  • अन्तमा केहि भन्नु छ ?

मानब बेचबिखन अत्यन्तै नित्कृष्ट, गम्भीर एबम् जघन्ज अपराध हो । अशिक्षा, गरिबि तथा बिबिध परिस्थीतिले मानब बेचबिखनलाई मौलाउन सहयोग पुर्याईरहेको पाईन्छ । मानब बेचबिखन जस्तो जघन्य अपराधलाई रोकथाम गरी यसमा संलग्न ब्यक्तिहरूलाई कानुनको दायरामा ल्याई कडा भन्दा कडा कार्बाहि गर्नु हामी सबैको जिम्मेवारी हो । मान्छे बेच्न सक्रिय गिरोहको पहिचान गरि यसका बिरुद्ध काम गरिरहेका संस्थाहरूबिच कार्यगत एकता हुन आवश्यक छ । (काेसेलीवाट‍‍)

 

photo

NOC1-250x300