‘हामी कोही पनि सुरक्षित छैनौँ’:घनश्याम भुसाल

काठमाडौं,  ४, साउन । नेकपा एमालेका नेता घनश्याम भुसालले आफूहरु ठूलो दुर्घटनामा परेको बताएका छन् । प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री शेर बहादुर देउवालाई विश्वासको मत नदिई तटस्थ बसेका भुसालले प्रधानमन्त्री देउवाले विश्वासको मत पाएपछि यस्तो बताएका हुन् ।
‘संसद जोगाउनु पर्थ्यो, जोगिएको छ । अब पार्टी जोगाउनुपर्नेछ, जोगाइनेछ । हामी ठूलो दुर्घटनामा परेका छौँ,’ भुसालले भनेका छन्,‘यथास्थितिमा कोही पनि सुरक्षित छैनौँ । हामी उठ्दैछौँ, धुलो टक्टक्याउँदैछौँ र अघि बढ्छौँ ।’
संसदबाट प्रधानमन्त्री देउवाले १ सय ६५ मत सहित विश्वासको मत पाएका छन् । नेकपा एमालेको माधव नेपाल समुहका १४ सहित ८ जना केपी ओली समुहका सांसदले मतदान गरेका थिए । भुसालसहित १० नेता भने तटस्थ बसेका थिए ।

 

photo

NOC1-250x300