स्वीमिङ पुलमा डुबेर मृत्यु

१० वैशाख, काठमाडौं  । दाङको घोराही उपमहानगरपालिका१४ स्थित कटुवाखोलामा पौडी खेल्ने क्रममा शनिबार सोही ठाउँ बस्ने ११ बर्षीय हिमाल नेपालीको डुबेर मृत्यु भएको छ । 

यसैगरी चितवनको ईच्छाकामना गाउँपालिका४ कुरिनटार स्थित रिभर साईड स्प्रिङ रिसोर्टको स्विमिङ पुलमा पौडी खेल्ने क्रममा डुबेर बेहोस भएका मोरङ घर भएका २३ बर्षीय सागर बाबु गिरीको दमौली रत्नहरी अस्पताल दमौली तनहुँमा उपचारको क्रममा मृत्यु भएको छ ।

 

यसैगरी  मकवानपुरको मनहरी गाउँपालिका९ ज्यामिरे स्थित राप्ती खोलामा पौडी खेल्ने क्रममा शनिबार सोही ठाउँ बस्ने ५० बर्षीय सिताराम बि.क.र ३८ बर्षीय तुल बहादुर पाख्रिनको मृत्यु भएको छ ।  खोलामा डुबेर बेपत्ता भएका उनीहरुको खोजतलास गर्दा घटनास्थलदेखि केही तल शव फेला परेको थियो । 

 

photo

NOC1-250x300