चैत १२ – विश्वकप २०१८ को छनौट अन्तर्गत शनिबार राति भएको खेलमा स्पेन विजयी भएको छ । युरोपियन क्षेत्रको छनौट अन्तर्गत समूह ‘जी’ मा रहेको स्पेनले घरेलु मैदानमा भएको खेलमा इजरायललाई ४–१ ले हराएको हो । स्पेनको जितमा डेविड सिल्भा, माचिन पेरेज, डिएगो कोस्टा र इस्काले गोल गरे । इजरालका लिओर रेफाएलोभले एक गोल फर्काए । १३ औं मिनेटमा सिल्भाले गोल गर्दै स्पेनलाई सुरुवाति अग्रता दिलाए ।
पहिलो हाफको इन्जुरी समयमा पेरेजले गोल गरेपछि स्पेनले २–० को अग्रता लियो । ५१ औं मिनेटमा कोस्टाले गोल गर्दै अग्रता ३–० मा पु¥याए । ७६ औं मिनेटमा इजरायलका रेफाएलोभले गोल फर्काएपछि खेल ३–१ को अवस्थामा पुग्यो । ८८ औं मिनेटमा इस्काले गोल गर्दै स्पेनलाई ४–१ को जित दिलाए ।
जितपछि ५ खेलबाट १३ अंक जोडेको स्पेन समूह ‘जी’ को शीर्ष स्थानमा छ ।
काठमाडौँ, २६ साउन । चीनले केरूङ–काठमाडौँ रेलमार्गको सम्भाब्यता अध्ययन अनुदानमा गरिदिने भएको छ । चीन
पिपुल नेपाल संवाददाता,अन्तरास्ट्रिय ब्युरो,१८ साउन। वैदेशिक रोजगारीको लागि युरोपियन देशहरु नेपाली युवाहरुका लागि ‘ड्रिम’ कन्ट्री
काठमाडौँ, १३ साउन । दक्षिण तथा मध्यएसियाली मामिलासम्बन्धी अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु बिहीबार काठमाडौं आइपुगेका
एजेन्सी, ११ असार । अमेरिकाको सर्वोच्च अदालतले गर्भपतन वैध हुने ५० वर्षअघिको आदेशलाई उल्टाएको छ
असार १०, काठमाडौं: एसीसी महिला टी–२० च्याम्पियनसिप अन्तर्गत नेपाल र युएईबीचको पहिलो सेमिफाइल खेल वर्षाका
वैशाख २४, एजेन्सी: श्रीलंकामा फेरि संकटकाल लागु गरिएको छ । चौतर्फी विरोधका बाबजुद श्रीलंकका गोताबाय