स्थानीय चुनावको छानबिन गर्न समिति गठन

samsad-10काठमाडौं, जेठ १३–व्यवस्थापिका संसदले बैशाख ३१ गते भएको पहिलो चरणको स्थानीय तह निर्वाचनमा भएको भनिएको धाँधली छानविन गर्न पाँच सदस्यीय संसदीय छानविन विशेष समिति गठन गरेको छ ।

शनिबार बसेको व्यवस्थापिका संसदको दोश्रो बैठकले पाँच सदस्यीय स्थानीय तह निर्वाचन सम्बन्धी संसदीय छानविन विशेष समिति गठन गरेको हो ।

समितिले तीन महिना भित्र स्थानीय तह निर्वाचनमा भएको भनिएको धाँधली छानविन गरी सत्य तथ्य पत्ता लगाएर प्रतिवेदन पेश गर्नुपर्ने छ ।

संसदीय छानविन विशेष समितिमा नेपाली कांग्रेसबाट सांसद अर्जुनप्रसाद जोशी, नेकपा एमालेबाट राजेन्द्रप्रसाद पाण्डे, नेकपा माओवादी केन्द्रबाट रामनारायण विडारी, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट भाष्कर भद्रा र नेपाल लोकतान्त्रिक पार्टीबाट डा. सुवोध कुमार पोखरेल सदस्य रहेका छन् ।
यसअघि नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक टेकबहादुर बस्नेतले पेश गरेको स्थानीय तह निर्वाचन सम्बन्धी संसदीय छानविन विशेष समिति गठन गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतीले पारित भएको थियो ।
व्यवस्थापिका संसद नियमावलि २०७३ को नियम १ सय ८३ अनुसार संसदीय छानविन विशेष समिति गठन भएको हो ।
प्रमुख प्रतिपक्षी एमालेले स्थानीय तहको निर्वाचनमा विभिन्न स्थानमा धांधली भएको भन्दै संसदीय छानविन विशेष समिति गठन गर्नुपर्ने माग गर्दै आएको थियो ।

 

photo

NOC1-250x300