जेठ १३, काठमाण्डाै । पश्चिमी वायु र पूर्वी भेगमा मनसुनी वायुको प्रभावले शुक्रबार देशभरि बदली भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार देशका सबै स्थानमा बादल लागेको र पानी परेको छ । महाशाखाका मौसमविद् विभूति पौडेलका अनुसार आउँदो सोमबारसम्म छिन छिनमा पानी पर्ने र छिन छिनमा आकाश खुल्ने क्रम जारी रहने सम्भावना रहेको छ ।उनले भने, ‘यो प्रिमनसुनको बेला हो ।
विराटनगरमा ४७ मिलिमिटर वर्षा रेकर्ड गरिएको छ भने सिमरामा ३९ मिलिमिटर वर्षा भएको रेकर्ड गरिएको छ । दिपायल, सुर्खेत, पोखरा, काठमाडौँ, ओखलढुङ्गा, ताप्लेजुङमा पनि पानी परेको महाशाखाले जनाएको छ । पछिल्ला दिनमा तराई क्षेत्रमा तापक्रम पनि वृद्धि भएको महाशाखाले जनाएको छ ।
शुक्रबार सबैभन्दा बढी नेपालगञ्जमा ४२ डिग्रिसेल्सियस रेकर्ड गरिएको छ । त्यसैगरी धनगढी र भैरहवामा ४१ डिग्रिसेल्सियस, सिमरामा ४० डिग्रिसेल्सियस तापक्रम रहेको छ । गत हप्ता यी स्थानमा तापक्रम ३५ डिग्रिसेल्सियसको हाराहारीमा थियो । अाजकाे गाेरखापत्र दैनिकमा खबर छ ।