अन्तर्राष्ट्रिय जैविक विविधता दिवस (वातावरण दिवस) लाई टेवा पु¥याउन तथा प्रधान सेनापतिज्यूको कमाण्ड मार्ग निर्देशन २०७२ को लक्ष्य बमोजिम ून्इ न्चभभलू अभियान अन्तरगत नेपाली सेनाका सम्पूर्ण व्यारेकहरु पर्यावरण मैत्री बनाउने उद्धेश्य अनुरुप ०७४ असार ४ गते सैनिक मञ्च टुंडिखेल परिसरमा आयोजित विशेष कार्यक्रमका बीच प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्री लगायत जंगी अड्डामा कार्यरत रथीबृन्द तथा अधिकृतहरुद्वारा सैनिक मञ्च टुंडिखेलको पूर्वी तथा पश्चिम पाटाको उपयुक्त स्थानहरुमा विभिन्न जातका फुल तथा फलका विरुवाहरु वृक्षारोपण गरिएको छ ।
अन्तर्राष्ट्रिय वातावरण दिवसको अवसरमा वृक्षारोपण तथा वातावरण संरक्षण सम्बन्धी सचेतना जगाउने र व्यारेक ईलाकालाई वातावरण मैत्री बनाउने उद्देश्यले नेपाली सेनाका सम्पूर्ण व्यारेक ईलाकाको उपयुक्त स्थानहरुमा समेत विभिन्न जातका विरुवाहरु वृक्षारोपण गरिएको छ ।