सेयर बजारमा १ अर्ब ४ करोडको कारोबार

 बुधबार शेयर बजार परिसूचक नेप्से १२ दशमलव २६ अंकले बढेर एक हजार ५३६.१२ बिन्दुमा पुगेको छ । व्यापारमा आएका समूहहरुका सबैजसो परिसूचक बढेकोले शेयर बजार बढ्न गएको हो ।

42795005chart-(8)

१६३ कम्पनीको ८ हजार ११६ कारोबारबाट २० लाख ४५ हजार ४८६ कित्ता शेयरको खरिद बिक्रीबाट १ अर्ब ४ करोड ६६ लाख ६१ हजार १५ बराबर रकम परिचालन भएको छ । 

दश समुह रहेकोमा उत्पादन मूलक समुहको शेयर बाहेक सबै समुहको शेयर बढेको छ । सबैभन्दा धेरै विमा समूहको शेयर १००.२४ अंकले बढेको छ । त्यस्तै होटेल समूहको शेयर ५१.३९ अंक, लघुवित्त समूहको शेयर ४१.६२ अंकले बढको छ । 

मंगलबार पनि शेयर बजार परिसूचक १० अंकले बढेको थियो । 

 

photo

NOC1-250x300