सुनसरी–३ को स्थगित मतगणना पुनः सुरु

 

 २०७४ मङ्सिर २६ मंगलबार ११:०५:००

 

काठमाडौं । सुनसरी क्षेत्र नम्बर ३ को सोमबार बिहानदेखि अवरुद्ध भएको मतगणना पुनः सुरु भएको छ ।
बिहान बसेको सर्वदलीय बैठकले अर्धकट्टीसहित भेटिएको ९ वटा मतपत्रका बारेमा पछि निर्णय गर्ने सहमित भएपछि पुनः मतगणना कार्य सुरु भएको निर्वाचन आयोगले जनाएको छ ।

सुनसरी ३ मा एमाले माओवादी केन्द्रकी साझा उमेदवार भगवती चौधरी र नेपाली कांग्रेसका विजयकुमार गच्छदारबीच कडा प्रतिस्पर्धा भइरहेको छ ।

 

photo

NOC1-250x300