सुख,दुख र आनन्द : मन छुने कथा

ओशो सुख, दुख र आनन्दको वारेमा ओशो भन्नुहुन्छ :  एक दिन मुल्ला नसुरद्दिन आफ्नो साथि चन्दुलाललाई भेट्न चन्दुलालको घरमा जान्छ । मुल्लालई देखेर चन्दुलाल हुन सम्म खुशि हुन्छ । दुवैजना अंकमाल गर्छन र एक आर्काको दुख सुखको वारेमा भलाकुशारि गर्छन । चन्दुलाललाई मुल्लाको दुखि र विग्रेको अनुहार देखेर खुल्दुलि लाग्छ र आफ्नो साथि मुल्लालाई सोध्छ । “मुल्ला मेरो मित्र तिमी किन दुखि जस्तो विरामी जस्तो देखिदै छौ ? तिम्रो अनुहार विग्रको छ । स्वभाविक जस्तो लाग्दैनौ नि कारण के होला म जान्न सक्छु” ? साथिको प्रेम भरिएको कौतुहलता सुनेर मुल्लाले उत्तर दिन्छ “मेरो साथि चन्दु तिमले भने जस्तो म कुनै विरामी छैन म ठिकै छु “।

चन्दुलाल छक्क पर्छ र फेरि सोध्छ “त्यसो भए तिम्रो अनुहार किन अस्वभाविक छ किन विग्रेको छ त” ? मुल्लाले उत्तर दिन्छ “हेर चन्दुलाल मेरो जुत्ता सानो छ, त्यस माथि तुना अलि वढि कसेको छु त्यहि सानो जुत्ताले गर्दा मेरो गोडा नराम्ररि दुखि रहेको छ त्यसैले मेरो अनुहार विग्रको होला ” । साथिको कुरा सुनेर चन्दुलाल हुन सम्म छक्क पर्छ र आफ्नो मित्र मुल्लालाई भन्छ “ए मित्र त्यसो हो भने किन ठिक्कको जुत्ता लगाउन सक्दैनौ ? कृपया आफ्नो सानो जुत्ता परिवर्तन गरेर ठिक्कको जुत्ता लगाउ” ।

चन्दुलालको कुरा सुनेर मुल्ला भन्छ “मेरो प्यारो मित्र चन्दु तिमीलाई थाहा नै छ म गरिव छु । मेरो छोरा वदमास छ जाँड रक्सि भाङ्ग धतुरो खाएर हिड्छ भनेको मान्दैन । छोरि आफु भन्दा तल्लो जातको केटासंग पोईला गई । घरमा वुढि एक्लो छे त्यो पनि दिर्घ रोगि छे । मलाई पिर नै पिर छ सुख आनन्द भन्ने कहिल्यै छैन । अनि म कसरि आफ्नो सानो जुत्ता फेर्न सक्छु” । मुल्लाको कुरा सुनेर चन्दुलाल भन्छ “हे मित्र तिमले मलाई जे जति कुरा सुनायौ तिम्रो पुरानो मित्र हुनाको नाताले म तिम्रो वरेमा भलिभाति जान्दछु । तर तिमिलाई यो सानो जुत्ता चाँहि किन लगाउन पर्यो मैले वुझ्न सकिन नि ? ठिक्कको जुत्ता किन्ने पैसा नभएर हो भने चिन्ता नगर म तिमलाई साहायता गर्छु” ।

चन्दुलालको यस्तो प्यारो कुरा सुनेर मुल्ला भक्कनिदै भन्छ “मेरो मित्र चन्दु म संग ठिक्कको जुत्ता किन्ने पैसा नभएर यो सानो जुत्ता लगाएको होईन मेरो सारा जिन्दगि दुखि दुखि छ तर यो जुत्तामा मेरो जिन्दगिको थोरै आनन्द लुकेको छ त्यसैले म यो जुत्ता फेरेर आर्को लगाउने कल्पना सम्म पनि गर्न सक्दिन ” । मुल्लाको कुरा सुनेर चन्दुलाल हुन सम्म अश्चर्यमा पर्छ र सोध्छ “होईन मुल्ला तिमि के भन्दैछौ मैले तिम्रो कुरा वुझिन नि ? जुन जुत्ताले हिड्दा समेत गोडा दुखाएर अनुहार समेत विग्रेको छ त्यहि जुत्तामा सुख कसरि लुकेर वसेको हुन सक्छ ? कृपया यस्तो पागल कुरा नगर “।

चन्दुलालको प्रश्नको उत्तर दिदै मुल्लाले भन्छ “हेर चन्दुलाल जव म दिन भरि पिर चिन्ता र दुखाईको पिडाले छटपटिदै घरमा पुग्छु । घरमा पुगेर जव यो सानो जुत्ता फुत्त फुकाल्छु तव आधा घण्टाको लागि मलाई यस्तो आनन्द हुन्छ कि दिन भरिको पिर दुख चिन्ता र गोडाको दुखाई समेत सारा भुलेर मस्तिमा जान्छु । भलै आधा एक घण्टा पछि फेरि सवै दुखको संझना आउन थाल्छ । यदि मैले ठिक्कको जुत्ता लगउनेहो भने त त्यहि आधा एक घण्टाको आनन्द पनि सदाको लागि गुम्छ र म चौविसै घण्टा दुखि हुन्छु । आज  दिनमा लगभग तेईस घण्टा दुखि भए पनि कमसेकम एक आधा घण्टा त आनन्दमा जियको छु “। मुल्लाको यस्तो उत्तर सुनेर चन्दुलाल निरुत्तर हुन्छ र मित्र मुल्ला नसुरद्दिनले सानो जुत्ता लगाएर हिड्नुको रहस्य वुझ्दछ ।

तसर्थ ओशो भन्नु हुन्छ । आजको सन्सारमा मान्छे मान पद प्रतिष्ठा र धनमा जुन आनन्द देखि रहेको छ त्यो आनन्द भनेको मुल्लाले सानो जुत्ता फुकाल्दा आएको क्षणिक आनन्द जस्तै हो । जुन आनन्द दिशा पिसाबले आत्तिएको मान्छेले चर्पि फेला पार्दा समेत गर्दछ । त्यस्तो आनन्द एकै छिनमा पानिको फोका झै विलाएर जान्छ । कयौ मान्छै राम्री केटि वा केटा संगको संसर्गमा रमाउन पाए भन्ने ठानेर जिन्दगि भर त्यसको खोजिमा तड्पि रहेका हुन्छन । कयौ जुवा तास रक्सिमा आनन्द खोजिरहेका हुन्छन । कतिलाई लाग्छ राम्रो व्यापार व्यवसाय पद प्रतिष्ठा भए धन भए म कति आनन्दित हुन्थें ।

वाहिरि धन सम्पति मान प्रतिष्ठाले मान्छे सुखि हुदो हो त आज विल गेट्स, वारेन वुफेट, मुकेश अम्वानी सव भन्दा आनन्दित हुनु पर्ने हो । राजा रजौटा र राष्ट्रपति मन्त्रि प्रधानमन्त्रि सव भन्दा आनन्दित हुनु पर्ने हो । तर आजको दिनमा सव भन्दा कम तृप्त मान्छे दुनियामा खोज्यो भने उनिहरुनै छन । ठुला ठुला सर्बेक्षणबाट प्रमाणित भैसकेको कुरा हो कि संसारको सव भन्दा धनि भनिएको देश जापनका मान्छेहरु संसारको सव भन्दा दुखि मान्छेहरुमा पर्न आउँछन ।

तसर्थ ओशो भन्नुहुन्छ : ” सुख र दुख वाहिरको घटनाहरुको कारण हामीमा पर्न आउने भाव वा असर मात्र हो “। आफ्नो अनुकुलमा केहि भयो भने हामी खुशि हुन्छौं सुखि हुन्छौं । यदि आफ्नो प्रतिकुलतामा केहि घटना घट्यो भने हामी पिडा महशुष गछौं दुखि हुन्छौ । आनन्दको वाहिरि घटनासंग कुनै लेन देन नै हुदैन । सुख र दुख संग आनन्दको कुनै साईनो छैन । आनन्द त भित्रको हिरा हो जो वाहिर सुख होस दुख प्रबहा नगरि यो निरन्तर वर्षि रहन्छ । त्यसैले आउनोस् आफै भित्रको त्यो आनन्दित खजनाको खोजि गरौं र त्यहि परमानन्दमा रमाउन सिकौं ।

 

photo

NOC1-250x300