सुनिलकुमार लो,कञ्चनपुर, ११ चैत्र, दशकौदेखि भारतिय ज्यादतिको शिकार भईरहेका कञ्चनपुर पुनर्वासका जनताहरू आफ्नो भूमि अतिक्रमण र गोविन्द गौतमको सहादतले आन्दोलित भईरहेका छन।सिमा निर्धारण न्यायोचित ढंगले यथासिघ्र रुपमा होस भनि सरकारलाई दबाव दिईरहेको सहीद गोविन्द गौतम सिमा सुरक्षा संघर्ष समितिले आज पुनर्वास – १२ स्थीत जनकल्याण मा० वि०मा बैठक बसी सात बुंदे निर्णय गरेको छ ।
सीमा निर्धारण गर्न नेपाल सरकार र भारत सरकारलाई लाई दबाव दिने प्रयोजनका लागी यस क्षेत्रको खुल्ला सिमाना पूर्ण रुपले बन्द गर्ने तथा यस कार्यका लागी स्थानिय प्रशासनलाई दबाव दिने, भारतियलाई यस क्षेत्रमा व्यापार गर्न,जमिन ठेक्का तथा अधिया लिन बन्द गर्ने घाइते टिकाराम चापागाईलाई आर्थिक सहयोग ,रोजगारीको अवसर तथा वच्चाहरूलाई निशुल्क शिक्षाको लागी सिडीयो कार्यालय मार्फत पहल गर्ने, भारतिय पक्षबाट तोडफोड भएका सामानको विषयमा विस्तृत अध्ययन गरि समन्वय समिति मार्फत सिडियोलाई जानकारी गराउने, हेल्लो पुनर्वासको विवादित समाचार सच्याउन लगाउने , आर्थिक संकलन गर्ने र भारतबाट अवैध आयातित सामान जफत गर्ने लगायतका निर्णयहरु गरेको छ । सो वैठकमा संघर्ष समितिका पदाधिकारी लगायत राजनीतिक दलका स्थानिय नेता,व्यापारी, शिक्षक, पत्रकार र सर्वसाधारणको पनि उपस्थिति रहेको थियो ।
काठमाडौँ, २८ साउन । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आगामी चुनावको घोषणापत्र मस्यौदा समिति गठन गरेको
पिपुल नेपाल संवाददाता,ललितपुर,२७ साउन। नेपाल ट्रेडयुनियन महासंघ(जिफन्ट) निकट नेपाल यातायात स्वतन्त्र मजदुर संगठन ललितपुर जिल्ला
पिपुल नेपाल संवाददाता,२६साउन,भक्तपुर। ३७ वर्ष सरकारी स्वास्थ क्षेत्रमा कार्य सम्पादन गरेर सेवाबाट अवकाशप्राप्त पश्चात् पुनः
काठमाडौँ, २४ साउन । राष्ट्रपति विद्यादेवी भण्डारीले स्वार्थका लागि शासक वर्गले घुँडा टेकेका कारण राष्ट्र
काठमाडौँ, २२ साउन । निर्वाचन आयोगले मंसिर ४ को निर्वाचनका लागि आजबाट दल दर्ता गर्ने भएको
२०७९ साउन २१,काठमाडौं । सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकमले इन्टरनेटमा आधारित सिमकार्ड (ई–सिम) को