सीमा नाका ७२ घन्टाका लागि बन्द

३१ भदौ, रौतहट : प्रदेश नं. २ का ८ जिल्लामा असोज २ गते हुने निर्वाचनलाई ध्यान दिँदै सीमा नाका ७२ घन्टाका लागि बन्द गरिएका छन् । जिल्ला प्रशासन कार्यालय रौतहटले गएराति १२ बजे देखि असोज २ गते राति १२ बजेसम्मका लागि नेपाल–भारत सिमा बन्द गरेको छ ।

 

simanaka1-768x432

जिल्ला प्रशासन कार्यालयले ७२ घन्टासम्मको लागि नेपाल–भारत सिमामा आवतजावत गर्नमा रोक लगाउँदै पूर्णरुपमा सीमा सिल गरेको छ । असोज २ मा हुने स्थानीय तहको निर्वाचनको समयमा सुरक्षा व्यवस्थामा सिमापारबाट हुने खतरालाई मध्य नजर राख्दै स्थानीय प्रशासनले रौतहट जिल्लासँग भारतको सिमा जोडिएको २६ किलोमिटर सिमा बन्द गरेको हो ।

शनिवार देखि सुरक्षाकर्मीहरुले सिमानामा चल्ने सवारी साधन आवतजावतमा रोक लगाएका छन् । सघन चेकजाँचका पछि पैदल यात्रुहरुलाई शनिवार हिँडन दिए पनि साँझबाट पैदल यात्रुहरु पनि रोकिने र पूर्णरुपमा सिमा सिल हुने प्रमुख जिल्ला अधिकारी उद्धवबहादुर थापाले जानकारी दिए । तर अतिआवश्यक उपचारका लागि बिरामी बोकेर हिँडेका एम्बुलेन्सलाई भने छुट दिइएको छ ।

रौतहट जिल्लाको २६ किलोमिटर भू–भाग भारतीय सिमानासँग जोडिएको छ । जिल्ला प्रवेश गर्ने प्रमुख नाका गौर भन्सार कार्यालयको ढाँटमा ताल्चा लाएर नेपाल प्रहरी तथा सशस्त्र प्रहरीले सो क्षेत्रमा निगरानी बढाएकोे सशस्त्र प्रहरी उपरीक्षक प्रेमराज पोखरेलले बताए ।

 

 

photo

NOC1-250x300