सिधै एक्सनमा जाने होः एसएसपी ठूले राई

२१ माघ, काठमाडौं । महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी ठूले राईले अपराधीविरुद्ध आफू सिधै एक्सनमा जाने बताएका छन् ।Thule-Rai-SSP

ठूले राई तीनै प्रहरी अधिकृत हुन्, जसलाई सशस्त्र द्वन्द्वकालमा माओवादीले अपहरण गरेको थियो । अपहरणमा पर्दा उनी डीएसपी थिए । तत्कालिन सरकारले माओवादी नेता देव गुरुङलाई जेलबाट छाडेपछि उनी अपहरणमुक्त भएका थिए ।

 

माओवादी नेतृत्वको सरकारकै पालामा हालै ललितपुर प्रहरी प्रमुखको जिम्मेवारी पाएका एसएसपी राईले भने, ‘प्रहरीले योजनामा काम गर्ने होइन, सिधै एक्सनमा जाने हो । तर अपराध अनुसार ।’

पछिल्लो समय ललितपुर लागुऔषध कारोबारीदेखि टोले गुण्डाको आश्रयस्थल बन्न लागेको गुनासो छ । एसएसपी राईले भने अपराध अनुसार कारबाही हुने बताउँछन् । उनले अनलाइनखबरसँग भने, ‘म भर्खर आएको छु । कसले सेल्टर लिएको छ कि छैन हामी खोज्छौं ।’

उनका अनुसार उनी पहिल्यै सूची बनाएर आएका छैनन् । भन्छन्, ‘निगरानी गर्छु । निगरानीबाट सूचना आउँछ । त्यसका आधारमा कार्वाही गर्ने यो शैली हो ।’

उनले अघि भने, ‘यस्तो कारबाही गर्छु उस्तो कारबाही गर्छु भनेर पहिल्यै भन्ने होइन । अपराध अनुसारको सजाय दिने हो । अपराध गर्नेविरुद्ध प्रहरीले कुनै सम्झौता गर्दैन ।’

साथै उनले बोलेर नभई काम गरेर देखाउने बताएका छन् । ‘लागूऔषध कारोबारी होस् या अरु कुनै धन्दा होस् । सबैलाई कानुनको दायरामा ल्याउने मेरो ड्युटी हो । त्यसमा कुनै सम्झौता हुँदैन,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

मतदान कार्यमा जेष्ठ नागरिकहरु उत्साहित,म्याग्दीमा १०७ वर्षीय वृद्धले गरे मतदान

४ मंसिर,म्याग्दी । जारी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत आइतबार म्याग्दीमा १०७ वर्षीय वृद्धले मतदान

देशभर मतदान शुरु,यो पटक कुल १ करोड ७९ लाख ८८ हजार मतदाता सहभागी हुँदै

४ मंसिर,काठमाडौं  । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको निर्वाचन देशभर एकसाथ शुरू भएकाे छ

महिलाहरुलाई मतदान अधिकारबाट बन्चित गरिएको, नेपालको पहिलो निर्वाचन

नेपालमा भएको पहिलो निर्वाचन राणाकालको अन्त्यमा भएको म्यूनिसिपल चुनाव हो। यो निर्वाचन राणा प्रधानमन्त्री पद्म सम्शेर

निर्वाचनमा उत्साहपूर्वक सहभागिताको लागी राष्ट्रपति भण्डारीको अपिल

३ मंसिर,काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले निर्वाचनमा उत्साहपूर्वक सहभागिता जनाउन अपिल गर्नुभएको छ । राष्ट्रपति

आगामी मंसिर ४ र ५ गते सार्वजनिक विदा

२९ कार्तिक,काठमाडौँ । सरकारले आगामी निर्वाचनका लागि मंसिर ४ र ५ गते सार्वजनिक विदा दिने

राष्ट्रपतिबाट १२ वर्षमा हुने ठेचोको श्वेत भैरव नाचको अवलोकन

७ कार्तिक,काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी ले ललितपुरको ठेचोमा हुने नवदुर्गा देवी नाचको १२ वर्षमा