सिद्धुले ‘द कपिल शर्मा शो’मा काम गर्न नपाउने

sidhu-kapil_640x480_71444208746नवजोत सिंह सिद्धु अब ‘द कपिल शर्मा शो’मा देखिने छैनन्। पन्जाबका एड्भोकेट जनरलले मन्त्री भएका सिद्धुले टिभी शो गर्न नसक्ने बताएका छन्। मन्त्री भएकोबेला टिभी शो गर्नु अवैधानिक भन्दै उनलाई शोमा काम नगर्न भनिएको छ। यस विषयमा मुख्यमन्त्री अमरिन्दर सिंहले कानुनी राय मागेका थिए जसको जवाफ हुँदैन भन्ने आएको हो।

यसबारे कुनै कानुन नभएपनि नैतिक नहुने भएकाले उनलाई शोमा काम नगर्न भनिएको हो। मन्त्रीले जनतालाई समय दिन पर्ने र अन्य कुनै काम गर्नु अनैतिक र यसले गलत प्रथा सुरु गर्ने भएकाले यसलाई इजाजत नदिइएको बताइएको छ।
क्रिकेटरबाट नेता बनेका सिद्धुले गत हप्ताको ‘द कपिल शर्मा शो’मा आगामी साता आफ्नो उपस्थिति जारी राख्ने बताएका थिए। उनले सुटिङ गर्न हरेक शनिबार मुम्बइ आउने र आइतबार पन्जाब फर्कने बताएका थिए। तर, उनको यो योजना सफल नहुने देखिएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

अभिनय क्षेत्रबाट बिदा लिने तयारीमा बलिउड सुपरस्टार आमिर खान ।

२९ कार्तिक,काठमाडौं । बलिउड सुपरस्टार आमिर खान अभिनय क्षेत्रबाट बिदा हुने निर्णयमा पुगेका छन ।

पुर्ब प्रधानन्यायाधीश चोलेन्द्रको बयान लिइदै

काठमाडौँ, १५ भदौ । महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणासँग बुधबार बयान लिने भएको

मन्त्री छाेड्नु परे पार्टी छोड्ने धम्की आएपछी माधब नेपाल तनावमा

काठमाडौँ, २३ जेठ । नेकपा एकीकृत समाजवादी (नेकपा एस) सचिवालय बैठकले आफ्नो पार्टीका तर्फबाट सरकारमा

निर्वाचन आयोगको भिडियोमा टिकटक बनाउनोस्, ५० हजार जित्नोस् !

वैशाख १८, काठमाडौं: निर्वाचन आयोगले आसन्न स्थानीय तह निर्वाचनको सन्देशमूलक भिडियो प्रचार गर्नेसम्बन्धी प्रतियोगिता आयोजना

६९ अर्ब ‘कालोधन’ ओसार पोसारमा बागमतीका मुख्यमन्त्री

काठमाडौं । वागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डे शंकाष्पद कालोधन ओसार पोसारमा समलग्न भएको खुलेको छ

सोहेल खान सलमान खान भन्दा अगाडि नै नेपाल आउने !

बलिउड अभिनेता सोहेल खान आगामी महिना नेपाल आउने भएका छन् । उनी १३ अप्रिलमा नेपाल