सित्तैमा यौन प्यास मेटाएँ

1401220बिमसु, दिदीसँग केही दिनको बसाइले नै जीवन बदलियो भन्ने सोच पलायो । तर, सबै सपना बालुवामा मिसिन पुगे । दिदीको धन्दा रहेछ अर्कै । सुकिला–मुकिला भएर हिँड्ने गरे पनि धन्दा भने फरक किसिमको । दिनभर रत्नपार्क कि त ठमेलको सडकमा गएर बिताउनुपर्ने । सुरुमा त म छाँगाबाट खसेझैं भएँ ।

तर, घरपरिवार र समाजको तिरीकारले मलाई ठमेलमा उभिने पुरुषलाई पट्याउन् असहज भएन । सुरुमा दिदीलाई बेस्सरी गाली गरे । यो नर्कभन्दा आफूलाई त्यही स्वर्गजस्तो गाउँमै फर्काएदिन अनुनय–विनय गरे । तँलाई त्यो नर्कको समाजमा बाँच्न मन छ । एकपटक सोच् ।

मेरो कुरा सुनेर दिदी झम्टिइन्, यहाँ त बरु स्वतन्त्रपूर्वक बाँच्न सकिन्छ नि ! विस्तारै म पनि दिदीजस्तै भए । केही समयमै नयाँ साथीसंगी चिने । त्यसपछि त झन् थप ऊर्जा मिल्यो । यो संसारमा म मात्रै यस्तो रहनेछु अरु पनि हुँदा रहेछन् भन्ने लाग्यो । र, उनीहरुको साथले जीवन जिउने र केही गर्ने साहस पलायो । तर, काम ग्राहकलाई आफ्नो शरीर भाडामा दिनु थियो ।

यसैगरी, वषौंसम्म ती काला दिन बिताइयो । ती दिन सम्झिँदा मुटु धड्किन्छ । सुरुवाती दिन त कहन सकिने अवस्था छैन । कुनै काम रहरले गर्नु र कहरले गर्नुमा आकाश पातालको फरक छ । जुन मैले भोगे । बानी नपरुन्जल त मरुँलाझैं लाग्थ्यो । तर, कहाँ जाऊँ अनि के गरुँ ? धेरै छटपटिन्थें, रुन्थेँ ।

कसैले नसुन्ने गरी चिच्याउँथे । तर, विकल्प थिएन । मर्न कैंयौंपल्ट आँट गरेँ तर साहस आउँदैनथ्यो । यसरी नै बिताएँ झलमल्ल सहरको अँध्यारो कोठामा । त्यतिखेर लाग्थ्यो, काठमाडौंका ती सुकिला भएर हिँड्ने भद्र पुरुषहरु देख्दा सबैभन्दा महान् हुन्, पहिले त मलाई यस्तै लाग्थ्यो । उनीहरुमाथि विश्वास लाग्थ्यो ।

जे भन्थे त्यहीँ मान्थे । कोही चाहिँ तिखा देखिए पनि बोली मीठा । धेरैले अनेक प्रलोभन पनि देखाए । म पनि उनीहरुको आशामा डुब्थें । कैयौंपटक उनीहरुको आशामा जीवनलाई अघि बढाएँ तर उनीहरुको आस केवल मेरो शरीरसँग आनन्द लिनु थियो । उनीहरुको आशमा सयौंलाई सित्तैमा यौन प्यास मेटाएँ ।

कत्तिले त बिहे गरेर दुलही नै बनाएर घरमा भित्र्याउँछु भनेर प्रेमको नाटक पनि गरे । तर, यी सबै कुरा बाहियात रहेछन् । पछि बुझें । यहाँ यौनइच्छा पूरा गर्नेहरुले यस्तै कुरा गर्दा रहेछन् । उनीहरुले यति धेरै माया गरेको ठानेर महिनौंसम्म सित्तैमा शरीर पनि सुम्पिएँ ।

कोही धनी बाउका त कोही गाउँबाट राजधानी पढ्न आएका किसानका डेरावाला छोरा । भर्खर १६–१७ किशोरावस्थामा टेक्दै गरेका । त्यस्ता, घरमा दुई छोराछोरीका भएका अधैवैश पुरुषहरुको प्यास मेटाउनुपथ्र्यो । आफ्ना शरीरसँग मस्ती गरिसकेपछि मात्रै उनीहरुले आफ्ना कुरा राख्थे ।

हामीलाई पैसाको खाँचोले समय बर्बाद गर्ने कुरै आउँदैनथ्यो । तर, पछि उनीहरुको कुरा सुनेपछि कैयौंपटक म छाँगाबाट खसेझैं भएको छु । तर, यो दुनियाँमा पैसा बिना के नै गर्न सकिन्छ र ? बुबासरीका पुरुषलाई ज्यान सुम्पिएँ । उनीहरुले हामीलाई मनग्गे रकम दिएर आफूअनुकूल आसन आसनमा यौन आनन्द लिन खोज्थें ।

मानौं कि हामी रवरबाट बनेका गुडियाँ हौं । आफूले चाहेअनुसार जता जसरी दोबारे पनि हुने । उनीहरु यस्तै गर्न रुचाउँथे तर उनीहरुको यस्तो घीनलाग्दो प्रवृत्तिमाथि इन्कार गरेर कतिपटक चड्कन पनि लगाएँ । तँ केका लागि आएको त्यो काम गरेर जाँ नत्र राम्रो हुने छैन, मान्छे हेर्दा फिस्टो जत्रो तर उनीहरुलाई फरक फरक स्वाद र शैली चाहिने ।

दिनमा एकथरी देखिने मान्छेहरुले रातमा अर्कै रुप फेर्छन् । चाहे ती जोसुकै होउन् । जसरी राजनीतिमा नेताले क्षणभरमै रुप फेर्छन्–बदलिन्छन्, त्यस्तै । हामीसँग रात बिताउन चाहनेमध्ये कोही तर धेरै असहिष्णु र हिंस्रक प्राणीजस्तै हमला गर्न खोज्नेहरु पनि आए र गए ।

त र, कुनै त त्यस्ता दुलर्भ प्राणीझैं असल र बुद्धिवान् पुरुष पनि भेटिए र केही गर्ने आशा जगाए । यौन प्यास मेटाउन आएका त्यस्ता पुरुष भन्थे, श्रीमतीले यौन प्यास मेटाइनन् र छोराछोरी जन्माउनसमेत मानिनन् । त्यसैले निरास भएर यहाँ आउन बाध्य भएँ ।

उनीहरु यो पनि भन्थे–हेर, जेली अब तिमी यसरी काम नगर अरु कुनै सीपमूलक काम खोजेर सिक । बरु त्यसमा मैले सहयोग गुर्नपर्ने गरौंला । उनीहरुले मेरो मोबाइल नम्बर पनि लगेका थिए । कैयौंपटक काम पाएको भनेर फोन गरे तर मैले मनलाई बुझाउन सकिनँ ।

उनीहरुले पछिसम्म पनि फोन गरिरहे । तर, म सहमत हुन सकिनँ । यसरी कसै कसैले बोलेको कुरा सुन्दा घरपरिवारले पनि यसरी नै सुझाव दिएको भए, अकैं बन्थे । कतिपयलाई यौन प्यास मेटाउन पाएको भन्दै टिप्स दिएर पनि जान्थे । हामी सबै दिनहुँ मर्जीको बलात्कार हुन्छौं र समाजमा बाँच्ने बाध्यताले ।

देशले हामीलाई अरुलाई झैं इज्जतसाथ समाजमा घुमाउन नसकेसम्म हाम्रो अवस्था यहीँ हुन्छ । भ्रष्टाचार गरेर विदेश सयर गर्ने नेताहरुले विदेशमा छँदा तेस्रोलिंगीको अधिकारबारे चिन्तन, मनन गरेर आए पनि लागू गर्न सक्दैनन् । सिकेर आउँछन् तर डराउँछन् । संसारमा तेस्रोलिंगीले कति ठूला काम गरेका छन् ?

तर यहाँ केवल छक्का र हिँजडाको मात्र पगरी भिराएर यौन प्यास मेटाउने गरिन्छ । यो समाजलाई मेरो भन्नु केही छैन भनेर केही फाइदा हुनेवाला पनि छैन । जे जसरी भए पनि मैले काम गरेर आफ्नो पेट पालेको छु । कसैको चोरेर, लुटेर, धाकधम्की देखाएर, भ्रष्टाचार अनि दलाल गरेर हात मुख जोरेको छैन ।

हामीलाई त्यसरी खानु पनि छैन । हामी आफैं आत्मनिर्भर बनेका छौं । र, हामीलाई कसैको सम्पत्तिमाथि आँखा लाउनु पनि छैन । केवल खुसीले आफ्नो शरीर केही घन्टाका लागि भाडामा दिएर पेट पालेका छौं । अनि देशलाई खोक्रो बनाउने भ्रष्टाचारी नेताभन्दा हामी कसरी तल्लो भयौं ।

यो समाज किन यस्तो खोक्रो भएर बाँचेको होला ? बाहिर हेर्दा पनि सुन्दर राम्रो छ । भित्र यसको कथा अर्कै छ, व्यथा अर्कै । सायद कसैले सोच्दैनन् होला आफ्नो छोरा, लोग्ने वा दाजुभाइ साँझपख रत्नपार्कको कुना कन्दरामा किन टेडो नजर लगाउँछन् । किन उभिन्छन्, प्रहरीको आँखा छलेर घन्टौंसम्म ।

यो सबै थाहा छ जो कोहीलाई । यौन प्यासले आकुलव्याकुल भएका उनीहरुलाई तिर्खा मेटाउने हाम्रो कुनै क्षेत्र छैन । त्यसैले मैले त भन्छु, किन ठमेल रत्नपार्कलाई रेडलाइट एरिया तोकिँदैन । आखिर दिनहुँ लाखौंको कारोबार हुन्छ, केवल यौन प्यास मेट्न । आखिर सबै त्यही खोज्दै हिँड्छन् र सबैलाई त्यही चाहिन्छ । अनि किन लुकिछिपी ।

कोही राजनीतिक गरेर देश बनाउने भ्रष्ट नेता, ठूला व्यापारी, कोही पत्रिकामा लेख्नेहरुसमेत यौनप्यास मेटाउन यहाँ आउँछन् । तर, आफूलाई लुकाउन खोज्छन् तर पछि उनीहरुबारे थाहा पाइन्छ, उसले के गर्दोरहेछ भनेर । पुलिस त झन् चोर नै भइहाल्यो ।

यौनप्यास मेटाउनका लागि जोसुकै महिला होऊन्, पाए सित्तैमा होटलमा लिएर जाने र उल्टो पैसा पनि खाइदिने । यतिसम्मका हुन्छन्, देशका पहरेदारहरु । उनीहरुलाई आफ्ना छोरीहरु कोसँग हिँड्छन् त्यो मतलब हुँदैन । तर, हाम्रो पिछा गरेर बिजनेस खत्तम पारिदिन्छन् ।

यसरी यौनप्यास मेटाउन आवश्यक पर्ने क्षेत्रलाई उनीहरुले किन रेडलाइट एरिया घोषणा गर्दैनन् ? र, कुरा उठाउन मान्दैनन् । यो रत्नपार्क हजारौं मान्छेले कुल्ची हिँड्छन् तर रत्नपार्क हजारौंलाई यौनप्यास मेटाउँछ ।
सबैलाई लाग्छ, हामी यो देशको नागरिक र कुनै परिवारको सदस्य पनि होइनौं । हाम्रो आफ्नो परिचय छैन ।

हामीसँग कुनै बुद्धि र क्षमता छैन । र, जागिर पाउँदैनौं । र, सकैले दिन पनि सक्दैन । तर, यहाँ आउनेहरु कम शिक्षित छैनन् । आफ्नो अध्ययन अब्बल हुँदाहुँदै घरपरिवार र समाजबाट तिरस्कृत भई बीचैमा पढाई छाडेर आएका छन् । अहिले यहाँ उनीहरुले हरेक रात ४–५ जनालाई यौनसुख नदिई हातमुख जोर्न धौधौ पर्छ ।

त्यसैमध्येकी म पनि एक महिला हुँ । ३२ वर्ष पार गरिसके अब कसैगरी पनि यो पेसालाई चटक्कै छाडेर अन्त जान सक्दिनँ । सास रहुन्जेल यो पेसाबाट उन्मुक्ति पाउने पनि छैन ।

जेली (नाम परिवर्तन) को कथा जनआस्थामा उल्लेख छ ।

 

photo

NOC1-250x300