काठमाडौ । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटी र लिभरपुलले बराबरी खेल्दै अंक बाडेका छन् । लिग अन्तर्गत आइतबार राती भएको खेलमा सिटी र लिभरपुलले १ – १ गोलको बराबरी खेल्दै अंक बाडेका हुन् ।
सिटीको घरेलु मैदान इतिहाद स्टेडियममा भएको खेलमा सुरुवाती अग्रता भने लिभरपुलले लिएको थियो । पहिलो हाफमा गोलरहित बराबरी भएको खेलमा ५१ औं मिनेटमा जेम्स मिल्नरले पेनाल्टी मार्फत लिभरपुलका लागि गोल गरे । तर, खेलको ६९ औं मिनेटमा म्यानचेस्टर सिटीका सर्जियो अग्युरोले गोल गर्दै खेल बराबरीमा ल्याए ।
त्यसपछि दुवै टोलीबाट गोल हुन् सकेन र खेल १÷ १ गोलको बराबरीमा सकियो । घरेलु मैदानमा लिभरपुलसँग अंक बाडेपछि म्यानचेस्टर सिटीले दोस्रो स्थानको टोटनह्यामसँग अंक बराबरी गर्ने मौका गुमाएको छ । यस्तै लिभरपुलले सिटीलाई पछि पार्ने अवसर खेर फाल्यो ।
यो बराबरीपछि तेस्रो स्थानको सिटीको २८ खेलबाट ५७ अंक भएको छ । एक खेल बढी खेलेको लिभरपुल ५६ अंकसहित चौथो स्थानमा छ । शीर्ष स्थानको चेल्सीको ६९ अंक छ ।
१५ पुस,काठमाडौं । सर्वकालिन महान फुटबल खेलाडी पेलेको ८२ वर्षको उमेरमा निधन भएको छ ।
२४ मंसिर,काठमाडौं । कतारमा जारी बिश्वकप फुटबलको अल थुमस रंगशालामा सम्पन्न क्वार्टरफाइनल खेलमा पोर्चुगललाई १-०
२३ मंसिर,काठमाडौं । कतारमा जारी विश्वकप फुटबलमा ब्राजिल र क्रोसियाविचको पहिलो क्वाटर फाइनल खेलमा क्रोसियासंग
३१ भदौ,काठमाडौं। महिला साफ च्याम्पियनसिपमा भारतमाथि नेपालले ऐतिहासिक विजय हांसिल गरेको छ। घरेलु मैदान दशरथ
असार १०, काठमाडौं: एसीसी महिला टी–२० च्याम्पियनसिप अन्तर्गत नेपाल र युएईबीचको पहिलो सेमिफाइल खेल वर्षाका
काठमाडौं । एएफसी फुटसल एसियन कप सेन्ट्रल तथा साउथ जोनको छनोट प्रतियोगितामा नेपालले आज समूहको