११ प्यूठान । भत्ता नदिएको भन्दै एक जना गाविसका सामाजिक परिचालकलाई निर्घात कुटपिट गरेका छन् । वडा नागरिक मञ्च व्यवस्थापनका लागि जिविसले दिएको भत्ता आफूलाई नदिएको भन्दै वडा नागरिक मञ्चका संयोजकले निर्घात कुटपिट गरेका हुन ।
प्यूठानको खवाङ ६ मा सोही वडाका संयोजक उदवीर बुढाले गाविसका सामाजिक परिचालक अमृत खत्रीलाई निर्घात कुटपिट गरेका हुन् । भत्ताको कुरालाई लिएर भएको कुटपिटपछि सामाजिक परिचालक खत्री उपचारसँगै सुरक्षाको माग गर्दै इप्रका बहानेमा पुगेका छन् । वडा नागरिक मञ्चको पुनः गठनका लागि शुक्रवार भएको संयुक्त भेलामै संयोजक बुढाले सो भत्ता आफूलाई नदिएको भन्दै खत्रीलाई कुटपिट गरेका हुन्। नागरिक मञ्चका संयोजकबाटै सामाजिक परिचालक कुटपिट भएपछि गाविसका अन्य कर्मचारिले पनि आफूहरुले गाविसमा बसेर काम गर्न नसक्ने भन्दै सुरक्षाको माग गरेका छन् ।
वडा नागरिक मञ्चका संयोजकले स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम एलजिसिडिपी अन्तर्गत जिविसले प्रतिवडा रु छ हजारका दरले दिएको भत्ता सामाजिक परिचालकले आफैं राख्ने गरेको आरोप समेत लगाएका छन् । स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम एलजिसिडिपी अन्तर्गत जिविसले सबै गाविसमा प्रतिवडा रु छ हजारका दरले वडा नागरिक मञ्च व्यवस्थापनका लागि भत्ता दिँदै आएको छ । सो जिविसले दिने भत्ता संयोजकका लागि नभइ बैठक व्यवस्थापन, खाजाका र फोटोकपीको लागि खर्च गर्न भनिएको थियो ।
१६ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहिद दिवसको अवसरमा लैनचौरमा रहेको सहिद स्मारक
१६ माघ, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सहिद दिवस, २०७९ को अवसरमा नागरिक स्वतन्त्रता, लोकतन्त्रको
१४ माघ, काठमाडौं । अभिनेत्री तथा मोडल एलिजा गौतम नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेकी छिन
१३ माघ, काठमाडौं । चर्चित लोक तथा दोहोरी गाएक भीम पौडेलको निधन भएको छ ।
१३ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष एवं पुर्व प्रधानमन्त्री
१२ माघ, काठमाडौं । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीकै दिन मनाइने ‘श्रीपञ्चमी’ पर्व आज विद्याकी