सामाजिक दूरी कायम गरेर ईदुल फित्र मनाउन राष्ट्रिय सभाका अध्यक्षको आग्रह

जेठ १२,काठमाडौं : राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले मुस्लिम समुदायलाई सामाजिक दूरी कायम गरेर ईदुल फित्र मनाउन आग्रह गरेका छन् । 

कोरोना संक्रमणको जोखिम कम गर्न सरकारले गरेको आग्रहलाई पालना गर्दै साजिक दूरी कायम गर्दै उक्त चाड मनाउने अध्यक्ष तिमिल्सिनाको आग्रह छ । 

मुस्लिम समुदायको महान् चाड ईदुल फित्रको अवसरमा शुभकामना सन्देश दिँदै उलने कोरोनाको महामारी बिरुद्ध एकजुट भएर लड्न मुस्लिम समुदायलाई आग्रह गरेका छन् । 

आज मुस्लिम धर्मावलम्बीहरू ईदुल फित्र मनाइरहेका छन् । अरबी पात्रोको नवौं महिनालाई रमदान भनिन्छ । यस महिनाभर इस्लाम समुदायले बस्ने व्रतलाई रोजा भनिन्छ । रमदान अवधिभर रोजा बसी नमाज पढेर महिनाको अन्तिम दिन चन्द्रमा उदाएपछि समापन गर्ने प्रचलन छ ।

 

photo

NOC1-250x300