२५ भदौ,सिराहा ।
नेपालको सबैभन्दा ठुलो ईन्टरनेट सेवा प्रदायक कम्पनी वल्ड्लिङ्क कम्युनिकेशन प्रा.लिले ‘शिक्षा र चेतना मार्फत महिला सशक्तीकरण’ समन्धी कार्यक्रम सम्पन्न गरेको छ।
सिराहामा सम्पन्न कार्यक्रमलाई संबोधन गर्दै कम्पनीका संचालक एवं समाजसेवी मनोज अग्रवालले महिला सशक्तीकरणको लागि शिक्षा र स्वास्थ्य अनिवार्य रहेको बताउनु भएको छ।’महिला सशक्तीकरण भनेर मात्रै हुंदैन।घर-घरमा यो काम हुनुपर्छ।महिलाहरुलाई आफ्नो अधिकारको कुरा थाहा हुनुपर्छ।शिक्षा र चेतना मार्फत महिला सशक्तीकरण कार्यक्रम जरुरी छ।’
‘ईन्टरनेट सेवा प्रदानसंगै वल्डलिङ्कले देशको ७७ वटै जिल्लामा सामाजिक उत्तरदायित्व पनि निर्वाह गर्ने।तराई क्षेत्रमा मात्र नभई पहाडी क्षेत्रमा पनि यो कार्यक्रम लैजाने र महिला सशक्तीकरण सगसगै नागरिकहरुको जिवनस्तर उकास्ने दायित्वलाई वल्डलिङ्कले अगाडी बढाउने अग्रवालले बताउनुभएको छ।’
नेपालको पुरानो र लोकप्रिय ईन्टरनेट सेवा प्रदायक कम्पनी वल्डलिङ्क कम्युनिकेसन प्रा.लिले महिला सशक्तीकरण मात्रै नभैकन,टेलिफोन र मोबाइलको टावरहरु नटिप्ने दुरदराजका गाउंहरुमा ईन्टरनेट सेवा बिस्तार देखि अनाथ आश्रमहरुमा पार्कहरुको निर्माण तथा व्यवस्थापन,ग्रामीण क्षेत्रका विद्यालयहरु लाई कम्प्युटर हस्तान्तरण देखि जनताका विभिन्न समस्या समाधान गर्ने कार्य गर्दै आएको छ।
१६ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहिद दिवसको अवसरमा लैनचौरमा रहेको सहिद स्मारक
१६ माघ, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सहिद दिवस, २०७९ को अवसरमा नागरिक स्वतन्त्रता, लोकतन्त्रको
१४ माघ, काठमाडौं । अभिनेत्री तथा मोडल एलिजा गौतम नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेकी छिन
१३ माघ, काठमाडौं । चर्चित लोक तथा दोहोरी गाएक भीम पौडेलको निधन भएको छ ।
१३ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष एवं पुर्व प्रधानमन्त्री
१२ माघ, काठमाडौं । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीकै दिन मनाइने ‘श्रीपञ्चमी’ पर्व आज विद्याकी