‘साढे सात’ मा सत्यराज र मेनुकाको रोमान्स

 
 
अभिनेता सुनिल थापाको निर्माणमा बनेको चलचित्र ‘साढे सात’ को ट्रेलर रिलिज भएको छ। ट्रेलरमा गायक सत्यराज आचार्यले नायकको भूमिका निर्वाह गरेका छन्। संगीत क्षेत्रमा पनि उतिकै बलियो छाप पार्न सफल गायक सत्यराज फिल्ममा पत्रकारको भूमिकामा देखिएका छन्। उनीसँगै फिल्ममा ‘साईँली’ अर्थात मेनुका प्रधानको पनि मुख्य भूमिका छ। सानो भूमिका भएपनि त्यसलाई जिवन्त बनाउने मेनुकाको फिल्ममा महत्वपूर्ण भूमिका छ ।फिल्मले एउटा पत्रकारको संघर्ष र पारिवारीक जीवनलाई पर्दामा प्रस्तुत गर्न खोजेको देखिन्छ। फिल्मलाई सुनिल थापाकै साथै सत्यराज आचार्य, स्वरुपराज आचार्य, साम्तेन भुटिया, नरेश देव पन्त, सुनिल थापा र डिजे सन्तोषले संयुक्त रुपमा निर्माण गरेका हुन्।

फिल्मको ट्रेलर बिहिवार काठमाडौँ कार्यक्रम गरि रिलिज गरिएको हो। मंसिर १५ गतेदेखि रिलिज हुने फिल्मलाई लिएर निर्माण पक्ष निकै उत्साहित छ।

 

photo

NOC1-250x300