people Nepal » साझा पार्टीका थापाको हाइटेक प्रचार शैली साझा पार्टीका थापाको हाइटेक प्रचार शैली – people Nepal

साझा पार्टीका थापाको हाइटेक प्रचार शैली

बैशाख २७, काठमाडौं – साझा पार्टीबाट मेयरका उम्मेदवार किशोर थापाले भने प्रचारप्रसारमा हाइटेक प्रविधिलाई बढी जोड दिएका छन् । घरदैलो कार्यक्रम खर्चिलो र पुरानो शैली भएकाले यसमा त्यति ध्यान नदिएको उनले बताए । आजको नयाँ पत्रिकामा खबर छ ।

विशेषगरी उनले फेसबुक र ट्विटरलाई धेरै प्रयोग गरेका छन् । कार्यकर्तामार्फत महानगरभित्रका मतदातालाई टेलिफोन गरेर भोट माग्ने प्रक्रिया पनि अपनाएका छन् । यसरी उनले दैनिक चार हजारभन्दा धेरै मतदातालाई फोन गर्ने गर्छन् ।

‘घरदैलो कार्यक्रम पुरानो शैली हो । यसमा खर्च पनि धेरै छ । त्यसको ठाउँमा हामीले प्रविधि प्रयोग गरेका छौँ । फेसबुक र ट्विटर यसमा धेरै प्रयोग भएका छन् । मिडियासँगको अन्तर्वार्तालाई पनि उत्तिकै प्रयोग गरेका छौँ,’ उनले भने ।