२८ भदौ,काठमाडौं।
वैदेशिक रोजगारिको लागि साउदी अरबको रियाद पुगेका ३५ जना नेपालिहरु बिगत तीन महिनादेखी भोकभोकै बसिरहेको खबर प्राप्त भएको छ।
काठमाडौंको सिनामंगलमा रहेको तार्गेट कन्सलटेन ह्युमन रिसर्स प्रालिले प्रतिब्यक्ती १ लाख ५० हजार देखी २ लाख रुपैयाँ सम्म लिएर ती युवाहरूलाई साउदी उडाएको पिडितहरुले जानकारी दिएका छन।
जनही हजार पलस तीन सय पारिश्रमिक दिने करार सम्झौतामा हस्ताक्षर गराएर डाईरेक्ट कम्पनिमा काम लगाउने झुठो आश्वासन देखाएर ती युवाहरूलाई काठमाडौंको सिनामंगलमा रहेको तार्गेट कन्सलटेन ह्युमन रिसर्स नामक मेनपावरले साउदी पठाएको थियो।
‘हामी साउदीको रियाद आएको तीन महिना भयो।कम्पनीको सेवा सुबिधा केहिपनी पाएका छैनौं।हामिलाई डाईरेक्ट कम्पनी भनेर सप्लाईमा हालेको छ।हामिलाई खानलाई,बस्नलाई एकदमै गाह्रो भैरहेको छ।कम्पनिलाई भन्दा केही काम दिएको छैन।मेनपावर लाई भन्दा हाम्रो फोन नउठाउने र उठाएमा उल्टै हामिलाई थर्काईरहेको छ।बिरामी हुंदा सिटामोल खान सक्ने अवस्था छैन।त्यसैले हामी नेपाल फर्कन चाहान्छौं।’ पिडितहरुले गुनासो गरेका छन।
श्रम सम्झौता अनुसारको काम नदिएको र खान बस्न संगै पिउने पानीको पनि एकदमै समस्या परेको कारण नेपाल झिकाईदिन पिडितहरुले सरकार संग अपिल गरेका छन।
१६ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहिद दिवसको अवसरमा लैनचौरमा रहेको सहिद स्मारक
१६ माघ, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सहिद दिवस, २०७९ को अवसरमा नागरिक स्वतन्त्रता, लोकतन्त्रको
१४ माघ, काठमाडौं । अभिनेत्री तथा मोडल एलिजा गौतम नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेकी छिन
१३ माघ, काठमाडौं । चर्चित लोक तथा दोहोरी गाएक भीम पौडेलको निधन भएको छ ।
१३ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष एवं पुर्व प्रधानमन्त्री
१२ माघ, काठमाडौं । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीकै दिन मनाइने ‘श्रीपञ्चमी’ पर्व आज विद्याकी