सांसद अभिषेकप्रतापले छाडे उपेन्द्रलाई, कांग्रेस छिर्ने

काठमाडौं, १७ असोज – संघीय समाजवादी फोरम नेपालका नेता अभिषेकप्रताप शाहले पार्टी परित्याग गरेको घोषणा गरेका छन् । उनी फोरमका उपमहासचिव र बहालवाला सांसद हुन् ।

abhisek-pratap-shah

शाहले एक विज्ञप्ति प्रकाशित गर्दै साधारण सदस्यसमेत नरहनेगरी पार्टीबाट राजीनामा दिएको जानकारी दिएका छन् । मंगलबार आफ्नो गृह जिल्ला कपिलवस्तुमा पत्रकार सम्मेलन गरी पार्टीको सम्पूर्ण जिम्मेबारी तथा साधारण सदस्य समेत नरहने गरी राजिनामा दिएका उनले असोज १९ गते कांग्रेस पार्टीमा प्रवेश गर्ने तयारी गरेको बुझिएको छ ।

पार्टी छाड्दै गर्दा उनले पार्टीका अध्यक्ष उपेन्द्र यादवको हैकमवादी सोच र काम गर्ने तरिका भएको आरोप लगाए । उनले यादवमा यादववाद भएको आरोप समेत लगाए ।

 

photo

NOC1-250x300