काठमाडौं, १६ माघ । नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले देश र जनताको निम्ति संघर्षको क्रममा मृत्यूवरण गर्ने सम्पूर्ण सहिदहरुप्रति हार्दिक सम्मान प्रकट गरेका छन् ।
आइतबार सहिद दिवसको दिन एक ट्वीटमार्फत उनले लेखेका छन्, ‘देश र जनताको निम्ति संघर्षको क्रममा मृत्यूवरण गर्ने सम्पूर्णसहिदहरुप्रति हार्दिक सम्मान ।’ उनले सहिदलाई देशको साझा सम्पत्ति बनाउनुपर्ने धारणा राखेका छन् ।
‘सहिदलाई पार्टी विशेषको होइन, देशको साझा सम्पत्ति मानौं,’ उनले लेखेका छन् । माओवादी पार्टी छाडेर नयाँ शक्ति बनाएपछि उनलाई पूर्वसहकर्मीहरुले सहिदलाई छाडेको आरोप लगाउँदै आएका छन् । उनले भने सहिदको सपना पूरा गर्न नयाँ शक्ति गठन गरेको बताउँदै नयाँ शक्तिले सम्पूर्ण सहिदहरुको सम्मान र सपना पूरा गर्न काम गर्ने बताउँदै आएका छन् ।
उनको सहिदप्रति सम्मान व्यक्त गरिएको ट्वीटमा धेरै ट्वीटेहरुले आलोचना गरेका छन् । छवि काफ्ले लेख्छन्, ‘मुक्तिको सपना देखाएर सोझा सिधा जनतालाई क्रान्ति भन्दै मृत्युको मुखमा धकेल्यौ, आफ्नो छोरीलाई सुटुक्क पढ्न पठायौ, आखिर किन ?’
१६ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहिद दिवसको अवसरमा लैनचौरमा रहेको सहिद स्मारक
१६ माघ, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सहिद दिवस, २०७९ को अवसरमा नागरिक स्वतन्त्रता, लोकतन्त्रको
१६ माघ,काठमाडौं । वि.सं. १९९७ साल माघ ११ गते बिहान काठमाडौं शहरबाट पशुपतिको दर्शन
१४ माघ, काठमाडौं । अभिनेत्री तथा मोडल एलिजा गौतम नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेकी छिन
१३ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष एवं पुर्व प्रधानमन्त्री
१२ माघ, काठमाडौं । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीकै दिन मनाइने ‘श्रीपञ्चमी’ पर्व आज विद्याकी