सस्तियो तरकारी : पाँच बर्ष यताकै सस्तो भाउमा तरकारी

फागुन १७

 

काठमाडौं – राजधानीमा तरकारीको भाउ पाँच बर्ष यताकै सस्तो भएको छ । भारतमा तरकारी उत्पादन बढेर धेरै आयात हुँदा भाउ स्वात्तै घटेको खबर आजको नागरिकमा छ ।

गोलभेंडा, काउली, आलु, बन्दा, प्याज लगायतको मूल्य निकै तल झरेको छ । महँगीको चपेटामा परेका उपत्यकाका उपभोक्तालाई तरकारीको मूल्यले राहत मिलेको छ ।

नेपाली किसान भने तरकारी सस्तिएपछि लागत उठाउनै मुस्किल परेको बताउँछन् । तरकारीको भाउ पाँच बर्षयताकै सस्तो भएको नेपाल फलफूल तथा तरका व्यवसायी महासंघले जनाएको छ ।

 

photo

NOC1-250x300