स्टार सलमान खानसँग सम्बन्धित सबैलाई स्तब्ध बनाइदिने एक घटना सार्वजनिक भएको छ । भारतीय मिडियाका अनुसार भारतीय पुलिसले सलमानको गोराइस्थित बंगलामा छापा मारेको छ । जहाँबाट उनको बंगलाको रेखदेख गर्न राखेका ६२ वर्षिय एक व्यक्तिलाई गिरफ्तार गरेको हो ।
सिद्धेश्वर राणा नाम गरेका ती व्यक्तिलाई मुम्बई पुलिसले पछिल्लो २९ वर्षदेखि खोजी गरिरहेको थियो । खबरका अनुसार सलमानको बंगलामा पछिल्लो २० वर्षदेखि काम गरिरहेका ती व्यक्ति मुम्बई पुलिसको वान्टेड लिस्टमा थिए ।
जबरजस्ती चोरी र कुटपिटको केसमा परेका उक्त अपराधी जमानतमा छुटेदेखि फरार रहेका थिए । यही कारण अदालतले ती व्यक्तिविरुद्ध गैर जमानती वारेन्ट जारी गरेको थियो ।
बुधबार राति मुम्बई पुलिसलाई एक गोप्य स्रोतबाट उक्त व्यक्तिको बारेमा जानकारी पाएपछि अपराध शाखाका ४ युनिट गएर सलमानको घरमा आक्रमण गरेका थिए ।
१६ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहिद दिवसको अवसरमा लैनचौरमा रहेको सहिद स्मारक
१६ माघ, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सहिद दिवस, २०७९ को अवसरमा नागरिक स्वतन्त्रता, लोकतन्त्रको
१४ माघ, काठमाडौं । अभिनेत्री तथा मोडल एलिजा गौतम नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेकी छिन
१३ माघ, काठमाडौं । चर्चित लोक तथा दोहोरी गाएक भीम पौडेलको निधन भएको छ ।
१३ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष एवं पुर्व प्रधानमन्त्री
१२ माघ, काठमाडौं । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीकै दिन मनाइने ‘श्रीपञ्चमी’ पर्व आज विद्याकी