सलमानलाई छाडेर शाहरुखसँग डेटमा गइन् कट्रिना

shah-rukh-khan-and-katrinaएजेन्सी । लामो समयदेखि अभिनेता सलमान खानसँग फिल्म ‘टाइगर जिन्दा है’ को सुटिङमा व्यस्त अभिनेत्री कट्रिना कैफ अहिले शाहरुखका साथ देखा परेकी छिन् ।

पछिल्लो समय उनी अभिनेता सलमानसँग नजिकिएको खबरले निकै चर्चा पाएको थियो । तर अहिले भने सलमानलाई छाडेर उनी शाहरुखसँग समय बिताइरहेकी छन् । एउटा रेष्टुरेन्टमा शाहरुख र कट्रिना लन्च डेटमा गएको फेला परेका हुन् । उनीहरु एउटै गाडिमा त्यहाँ पुगेका थिए । वास्तवमा अहिले यी दुई आनन्द एल रायको आगामी फिल्मबारे छलफल गर्न सँगै समय बिताइरहेको बताइएको छ । ‘ड्वार्फ’ नामको फिल्ममा उनीहरुका साथै अभिनेत्री अनुष्का शर्माले पनि अभिनय गर्ने छिन् ।

यस अघि यी तीनै जनाले फिल्म ‘जब तक है जान’मा साथ काम गरेका थिए । खबरका अनुसार यो फिल्म २०१८ मा रिलिज हुनेछ र यसको सुटिङ पनि चाँडै सुरु हुने बताइएको छ ।

 

photo

NOC1-250x300