काठमाडौं, फागुन, १० । निर्वाचनको मिति घोषणा गरेको भोलिपल्ट अर्थात, आज प्रधामन्त्रीले बालुवाटारमा बोलाएको सर्वदलीय बैठक मधेसी मोर्चाले बहिष्कार गरेको छ ।
प्रधानमन्त्रीले स्थानीय निर्वाचन र संविधान संशोधनका विषयमा छलफल गर्न बैठक डाकेका हुन् । बैठकका सत्तारुढ दल नेपाली कांग्रेस, माओवादी केन्द्र, एमाले, राप्रपालगायतका दलका शीर्ष नेताहरूको उपस्थिति रहेको छ ।
सरकारले संविधान संशोधन नगरी निर्वाचनको मिति घोषणा गरेको भन्दै मधेसी मोर्चाले सरकारलाई दिएको समर्थन फिर्ता लिएर आन्दोलनमा जाने घोषणा गरेकाले बैठक बहिस्कार गरेको हो ।