सरकारले सञ्चालन गर्ने सुपथ मूल्य पसलमा नुनमा २ रुपैयाँ , चिनीमा ५ छुट,बिहीबारदेखि सञ्चालनमा आउने

काठमाडौं । सरकारले यो वर्षको चाडपर्वलक्षित सुपथ मूल्य पसल बिहीबारबाट सञ्चालन गर्ने भएकाे छ । खाद्य व्यवस्था तथा आपूर्ति कम्पनीले साल्ट ट्रेडिङ कर्पोरेसन तथा दुग्ध विकास संस्थानसँगको सहकार्यमा देशभरका विभिन्न स्थानमा पसल सञ्चालन गर्ने भएको हो ।

मंसिर ६ गतेसम्म जारी रहनेछन् । कुनकुन स्थानमा पसल खुल्ने भन्‍ने अझै टुंगो लागिसकेको छैन । खाद्य व्यवस्था तथा आपूर्ति कम्पनीले आपूर्ति मन्त्रालयलाई पसल खोल्ने र मूल्य छुट सम्बन्धी प्रस्ताव पठाएको कम्पनीका प्रमुख कार्यकारी निर्देशक नेत्रप्रसाद सुवेदीले  जानकारी दिए ।

सुवेदीका अनुसार सुपथ पसलका साझेदारहरुअनुसार फरक मूल्य मन्त्रालयमा प्रस्ताव गरिएको छ । सो सुझाव मन्त्रालयले स्वीकृत गरे साल्ट ट्रेडिङले बेच्‍ने नुनमा बजार मूल्यमा २ रुपैयाँ तथा चिनीमा ५ रुपैयाँ छुट पाइनेछ । यस्तै खाद्य कम्पनीले बेच्ने चामलमा ५ रुपैयाँ तथा सिमी–मासलगायत मासमा १० रुपैयाँ छुट सर्वसाधारणले पाउनेछन् ।

सरकारी कम्पनी खाद्यले हरेक वर्ष देशका विभिन्न स्थानमा हरेक वर्ष चाडपर्वको अवसरमा सुपथ मूल्य सञ्चालन गर्ने गर्छ ।

प्राप्त जानकारी अनुसार राजधानीमा खाद्यले ५, साल्ट ट्रेडिङले ५ र दुग्ध विकास संस्थानले ३ स्थानमा सुपथ मूल्य पसल सञ्चालन गर्नेछ । गत वर्ष राजधानीमा ३ घुम्ती पसलसँगै देशभर ७३ सुपथ मूल्य पसल सञ्चालन गरिएको थियो ।

यो वर्ष कोभिड–१९ संक्रमण जोखिम कम हुनेगरी स्वास्थ्य सुरक्षा अपनाएर सुपथ मूल्य पसल सञ्चालन हुने बताइएको छ ।

 

photo

NOC1-250x300