सरकारलाइ आयोगले दियो २४ घण्टे निर्देशन

७ मंसिर, काठमाडौं : निर्वाचन आयोगले आचारसंहिता विपरित कर्मचारीको काज सरुवा गर्ने सरकारको निर्णयमा सहमति नदिने निर्णय गरेको छ ।

PR74-8-7-काज-सरुवा

आयोगले आज एक प्रेस विज्ञप्ती जारी गर्दै उल्टै सरकारलाइ काज सरुवाको सक्कल फाइल २४ घण्टाभित्र उपलब्ध गराउन निर्देशन दिएको छ । गृह मन्त्रालयले हालै तीन प्रमुख जिल्ला अधिकारीसहित राजप्रताङ्कित द्वितीय श्रेणीका ६ कर्मचारीको सरुवा गरी आयोगसमक्ष सहमतिका लागि पत्र पठाएको थियो ।

आयोगले आचारसंहिता लागेको अवस्थामा सहमति नलिई सरुवा गर्न वा काजमा खटाउन नमिल्ने स्पष्ट पारेको छ 

 

photo

NOC1-250x300