२ पुस,पोखरा । समाजवादी ट्रेड युनियन महासंघ अन्तरगतको गण्डकी प्रदेश स्तरीय निर्माण तथा यातायात श्रमिक संगठनको प्रथम संयुक्त भेला सम्पन्न भएको छ ।
पोखरामा शनिबार सम्पन्न भेलाले भुवन भट्टराईको अध्यक्षतामा १७ सदस्यीय गण्डकी प्रदेश स्तरीय समाजवादी निर्माण श्रमिक संगठन गठन गरेको छ ।
त्यसैगरी कुमार श्रेष्ठको अध्यक्षतामा १५ सदस्यीय गण्डकी प्रदेश स्तरीय समाजवादी यातायात श्रमिक संगठनको गठन भएको छ ।
सोही अवसरमा केशव थापाको अध्यक्षतामा समाजवादी ट्रेड युनियन महासंघको कास्की जिल्ला समिति गठन भएको छ ।
जनता समाजवादी पार्टी, नेपालका राजनीतिक समिति सदस्य धनप्रसाद तामाङको प्रमुख आतिथ्यता, समाजवादी ट्रेड युनियन महासंघका गण्डकी प्रदेश इन्चार्ज झलक पौडेलको विशेष आतिथ्यतामा सम्पन्न भेलाको अध्यक्षता महासंघका प्रदेश अध्यक्ष भीम मगरातीले गरेका थिए ।
निर्वाचन सम्पन्न भएसंगै समाजवादी ट्रेड युनियन महासंघले संगठन विस्तारको कामलाई तिव्रता दिएको महासंघका केन्द्रीय अध्यक्ष अर्जुन लम्सालले जानकारी दिएका छन् ।
१६ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहिद दिवसको अवसरमा लैनचौरमा रहेको सहिद स्मारक
१६ माघ, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सहिद दिवस, २०७९ को अवसरमा नागरिक स्वतन्त्रता, लोकतन्त्रको
१४ माघ, काठमाडौं । अभिनेत्री तथा मोडल एलिजा गौतम नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेकी छिन
१३ माघ, काठमाडौं । चर्चित लोक तथा दोहोरी गाएक भीम पौडेलको निधन भएको छ ।
१३ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष एवं पुर्व प्रधानमन्त्री
१२ माघ, काठमाडौं । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीकै दिन मनाइने ‘श्रीपञ्चमी’ पर्व आज विद्याकी