समयमै बजेट कार्यान्वयन गर्न के छ बाधक ?

सरकारले आगामी आर्थिक वर्षका लागि पेश गरेको बजेटले समाजवादको आधार तयार पार्न मार्गप्रशस्त गरेको भन्दै सफल कार्यान्वयनमा जोड दिइएको छ ।बजेट जतिसुकै राम्रो भएपनि त्यसको सफल कार्यान्वयन नहुँदा लक्षित वर्गले कुनै पनि उपलब्धि हासिल गर्न नसक्ने भन्दै काठमाडौंमा सोमवार आयोजित कार्यक्रमका वक्ताले संघ, प्रदेश तथा स्थानीय सरकारले इमान्दार भएर लाग्नुपर्नेमा जोड दिए ।

Budget-_PZvPprT6ld

नेपालको संविधानले आत्मसात् गरेको समाजवादलाई पहिल्याउने दिशामा बजेटले दिशानिर्देश गरेको तथा आत्मनिर्भर अर्थतन्त्रको विकासका लागिसमेत योजनाबद्ध प्रयास गरेको बताउँदै सफल कार्यान्वयन नै पहिलो शर्त भएको वक्ताले बताएका छन् ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को दुईतिहाइको सरकारले आफ्नो घोषणापत्रमा समावेश गरेका विषयलाई बजेटमा समेटेर जनतासामु गरेको प्रतिवद्धतालाई कार्यान्वयन गर्ने संकल्प गरेकामा समेत वक्ताले प्रसन्नता व्यक्त गरेका छन् ।

सार्वजनिक खरीद ऐन, कर्मचारी प्रशासनमा रहेको कामचोर प्रवृत्तिका कारण बजेट कार्यान्वयनमा समस्या पर्ने भन्दै त्यसमा प्रभावकारी सुधारको मार्ग पहिल्याउनुपर्नेमा समेत उनीहरूले जोड दिएका थिए ।

आर्थिक वर्ष २०७६/७७ को बजेट कार्यान्वयन पक्ष विषय अन्तर्क्रियामा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले साउन १ गते नै ठेक्का प्रक्रिया शुरू गर्ने गरी कर्मचारी प्रशासनलाई पनि चलायमान बनाउनुपर्ने बताए ।

‘बजेटमा धेरै राम्रा विषय समावेश छन् तर परम्परागत तबरले बजेट कार्यान्वयन गर्न समस्या छ, यसलाई बुझेर सरकारले तत्काल आवश्यक प्राविधिक तयारी गर्नुपर्छ र साउन १ गतेदेखि नै कार्यान्वयन शुरू गर्नुपर्छ,’ पाण्डेले भने । 

आगामी आवको बजेटमा नयाँ योजना समावेश भएकाले पनि कर्मचारीको व्यवस्थापन र सोझै आयोजनालाई बजेट दिने प्रणालीको विकास गर्नुपर्ने उनको जोड थियो । अर्थमन्त्रालयका सल्लाहकार डा. रामशरण खरेलले आगामी आर्थिक वर्षमा लक्षित आर्थिक वृद्धि हासिल हुने विश्वास व्यक्त गरे । केही ठूला पूर्वाधारका आयोजना सम्पन्न हुने, विद्युत् उत्पादनमा ठूलो सफलता हासिल हुने तथा सेवा क्षेत्रमा समेत उल्लेख्य सुधार भई आर्थिक वृद्धि ८.५ प्रतिशत हुने सरकारको विश्वास रहेको उल्लेख गरे ।

उनले बजेटको यथार्थ नबुझेका कारण केहीले वितरणमुखी भनेर आलोचना गरेको भन्दै तथ्यमा रहेर टिप्पणी गर्नसमेत आग्रह गरे । 

राष्ट्रिय योजना आयोगका पूर्वसदस्य सुनिलबाबु श्रेष्ठले नागरिकको जीवनस्तर सुधार गर्ने संकल्पका साथ बजेट आएको भएपनि सफल कार्यान्वयन गर्न सकिन्छ कि सकिँदैन भन्ने सर्वत्र चासो रहेको टिप्पणी गरे ।

उनले भौतिक पूर्वाधार, कृषि, पर्यटन, ऊर्जा लगायतका क्षेत्रलाई बजेटले सम्बोधन गरेकाले कार्यान्वयनका लागि ३ वटै तहका सरकारले इमान्दार प्रयास गर्नुपर्ने बताए ।

राष्ट्रिय योजना आयोगको भूमिका थप बलियो बनाउनुपर्नेमा जोड दिँदै उनले अनुगमन तथा मूल्यांकनलाई समेत विशेष प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष उमेशलाल श्रेष्ठ र नेपाल उद्योग परिसंघका अध्यक्ष सतिश मोरले निजी क्षेत्रको मागअनुसार नै बजेट आएपनि करका केही विषयमा भने सुधार जरुरी रहेको बताए ।

बजेट कार्यान्वयनमा ‘ब्रेक थ्रू’ जरुरी : सभामुख 

कार्यक्रमका प्रमुख वक्तासमेत रहेका सभामुख कृष्णबहादुर महराले बजेट कार्यान्वयन प्रक्रिया परम्परागत रहेकाले ठूलै ‘ब्रेक थ्रू’ जरुरी रहेको बताए ।

उनले काम चलाउन तबरले बजेट कार्यान्वयन हुन नसक्ने भन्दै त्यसमा ठूलो सुधारको जरुरी रहेको उल्लेख गरे । चालू आवमा संघीय संसद्को नयाँ भवन निर्माण गर्ने विषय समावेश भएको भएपनि प्रक्रियागत झन्झटका कारण बल्ल बोलपत्रमा गएकामा सभामुख महराले चिन्ता व्यक्त गरे ।

‘फटाफट हुनुपर्ने काममा नै अनेकन प्रक्रियामा अल्झने गरेका छन्, सोही कारण काम छिटो हुन सकेको छैन,’ उनले भने । प्रक्रियामा हुने ढिलाइका कारण पनि नेपालमा लगानी गर्न चाहने विदेशी लगानीकर्तासमेत तर्सने गरेका उनको भनाइ थियो ।

बजेट कार्यान्वयनमा देखिएका कानूनी झन्झट हटाउनसमेत उनले सबै सरोकार भएका निकायको साथ र सहयोग जरुरी रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नेपाल र बेलायतबीच जीटूजी मोडलको श्रम समझदारीमा हस्ताक्षर हुने।

३ भदौ,काठमाण्डौ – नेपाल र बेलायतबीच भदौ ६ गते जीटूजी मोडलको श्रम समझदारी पत्रमा हस्ताक्षर

वैदेशिक रोजगारीबाट दस खर्ब विप्रेषणसँगै दैनिक पाँच शव

काठमाडौँ, भदौ ३ गते । गत आर्थिक वर्ष वैदेशिक रोजगारीको सिलसिलामा झन्डै एक हजार पाँच सयले

क.समिरको नेतृत्वमा नेकपा (मालेमा केन्द्र)पुनर्गठन

पिपुपल नेपाल संवाददाता,३१ साउन हेटौंडा। नेपाल कम्युनिस्ट पार्टी (मालेमा केन्द्र) पुनर्गठन भएको छ। हेटौंडामा सप्पन्न

राष्ट्रिय युवा संघको आयोजनामा गाईजात्रा (घिन्टाङ-घिसि)हुने

पिपुल नेपाल संवाददाता,३१ साउन भक्तपुर। राष्ट्रिय युवा संघ नेपाल भक्तपुरको आयोजनामा गाईजात्रा (घिन्टाङ-घिसि)कार्यक्रम हुने भएको

माओवादी केन्द्रीय सदस्य तथा पूर्व राज्यमन्त्री राम सिंह यादव सहित ५०० नेताकार्यकर्ता एमाले प्रवेश

   साउन ३१, काठमाडौं । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा पूर्व राज्यमन्त्री राम सिंह

सुर्यविनायक क्षेत्र प्रबन्ध समितिको अध्यक्षमा बस्नेत

पिपुल नेपाल संवाददाता,२९ साउन,भक्तपुर। सुर्यविनायक नगरपालिका वडा नं.८ का अध्यक्ष पुष्पराज बस्नेत सुर्यविनायक क्षेत्र प्रबन्ध