सभामुख निर्वाचन माघ १२ मा

sanghiya-samsadकाठमाडौं । सभामुखको निर्वाचन माघ १२ गते हुने भएको छ । आज बसेको कार्यव्यवस्था समितिको बैठकमा सभामुखको निर्वाचन माघ १२ गते गर्ने सहमति भएको कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँणले जानकारी दिए । 

आजै ४ बजे प्रतिनिधिसभाको दोस्रो बैठक बस्दैछ । सो बैठकले औपचारिक रुपमा  सभामुख चयनको कार्यतालिका सार्वजनिक गर्ने तयारी छ । 

ज्येष्ठ सदस्यका रुवमा महन्थ ठाकुरले  अहिले ३ बजे  राष्ट्रपति कार्यालय शीतलनिवासमा शपथ लिँदैछन् । ठाकुरकै अध्यक्षतामा सभामुख चयन प्रक्रिया अघि बढ्ने छ । 

गत असोज १४ गते तत्कालीन सभामुख कृष्णबहादुर महराले राजीनामा दिएपछि प्रतिनिधिसभा सभामुख विहीन छ । नेकपाले सभामुखमा अग्नि सापकोटालाई अघि सार्ने निर्णय गरिसकेको छ । अरु दलले भने सभामुखमा उमेदवारीबारे निर्णय गरिसकेका छैनन् ।

 

photo

NOC1-250x300