२२ फागुन काठमाडौं । नेकपा एमालेको मेची-महाकाली अभियान र प्रतिरोध गर्ने मधेसी मोर्चाको तयारीका कारण सप्तरीमा तनाव बढेको छ ।
एमालेले राज रंगशालामा गर्ने भनेको जनसभालाई औद्योगिक क्षेत्रभित्र सारेको छ । तर, मधेसी मोर्चाका कार्यकर्ताले त्यहाँ पनि तालाबन्दी गरेका छन् ।
एमालेको कार्यक्रम रोक्न भन्दै मोर्चाले भोलि प्रदर्शन कार्यक्रम राखेपछि स्थानीयमा त्रास छाएको छ ।
सप्तरीका प्रमुख जिल्ला अधिकारी उद्धवप्रसाद तिमल्सिनाले दुबै पक्षसँग बारम्बार छलफल गरेपनि कोहि पनि आफ्नो अडानबाट पछि नहटेको बताएका छन् ।
तथापि दुबैले शान्तिपूर्ण तरिकाले कार्यक्रम गर्नेमा आफू आशावादी रहेको उनले बताए । ‘कार्यक्रम शान्तिपूर्ण नभए बल प्रयोग गरिन्छ,’ प्रजिअ तिमल्सिनाले अनलाइनखबरसँग भने, ‘शान्तिपूर्ण भए हामी दुबैलाई सहयोग गर्छौं ।’
तनाव देखिए लगत्तै बल प्रयोग हुने बताउँदै उनले यसबाट सबैलाई घाटा हुने बताए ।
सुरक्षा तयारी गरिसकिएको बताउँदै उनले सोमबार १३ सय सुरक्षाकर्मी परिचालन हुने बताए । उनका अनुसार नेपाल र सशस्त्र प्रहरी परिचालन गरिनेछ । सप्तरीबाहेक बाहिर जिल्लाबाट पनि सुरक्षाकर्मी मगाइएको उनले बताए ।
१८ माघ, काठमाडौं । गायक तुलसी सिवाकोटीको नयाँ गीत ‘बसौन तिमी र म’ सार्वजनिक भएको छ
७ माघ,काठमाडौं । अनुहार हेर्दा भद्र बोली मिठासपूर्ण लाग्छ । तर, कुकर्म यति डर लाग्दो
१ माघ,काठमाडौं । नेपाल स्रष्टा समाजले हिजो २०७९ पुस ३० गते कथाकार निशा केसीको लघुकथा
२१ पुस,काठमाडौं । नेपाल राष्ट्र बैँकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जस
नेपाल सरकारले पटकपटक सार्वजनिक स्थानमा ध्रुमपान निषेध गर्ने भनेको छ । सार्वजनिक स्थलमा ध्रुमपान
१९ पुस,काठमाडौं । मंगलबार नेप्से सूचक १.९२ अंकले उकालो लागेको छ । यससँगै सूचक २०६६.०१