सकियो नेकपा स्थायी समितिको बैठक,  पुस २३ गते केन्द्रीय कमिटीको बैठक

पुष ६,  काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले को केन्द्रीय कमिटीको बैठक पुस २३ गते बस्ने निर्णय गरेको छ ।

आइतबार सकिएको स्थायी कमिटीको बैठकले केन्द्रीय कमिटी बैठक पुस २३ गते बोलाउने निर्णय गरेको श्रोतले बतायो । स्थायी कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले संयुक्त रुपमा पेश गरेको राजनीतिक प्रतिवेदन परिमार्जनसहिहत पारित भएको छ ।  

महासचिव विष्णु पौडेलले पेश गरेको विधान संशोधन प्रस्ताव भने केन्द्रीय कमिटीमा लैजाने निर्णय भएको नेता भीम रावलले जानकारी दिए ।

 

photo

NOC1-250x300