काठमाडौं, १० जेठ । । प्रमुख प्रतिपक्षी नेकपा एमालेले संसद अवरोध गर्ने भएपछि मंगलबार बस्न नसकेको बैठक सभामुख ओनसरी घर्तीमगरले आज १२ बजेका लागि बोलाएपनि सुरु हुन सकेको छैन ।
मंगलबार संसद सचिवालयले सूचना टाँस गरेर बुधबार ११ बजेका लागि संसद बैठक बस्ने जानकारी दिएको थियो । चुनावको बीचमा सरकार परिवर्तन नपाइने र तराईमा थपिएका स्थानीय तहको संख्या खारेजीको माग एमालेले गरेको छ ।
हिजो एमालेकै विरोधका कारण प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा रोकिएको थियो । प्रधानमन्त्री दाहालले संसदमा विशेष सम्बोधन गरी राजीनामा घोषणा गर्ने कार्यक्रम रहेको थियो ।
यसैबीच बुधबारका लागि प्रधानमन्त्रीले बोलाएको शीर्ष नेताहरुको बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली उपस्थित नभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।