people Nepal » संवेदनशील चितवन र मध्यपश्चिमका जिल्लाहरू संवेदनशील चितवन र मध्यपश्चिमका जिल्लाहरू – people Nepal

संवेदनशील चितवन र मध्यपश्चिमका जिल्लाहरू

३० वेशाख – पहिलो चरणको स्थानीय तहको निर्वाचनमा चितवन र ६ नम्बर प्रदेशका जिल्लाहरू सुरक्षाका दृष्टिकोणले बढी संवेदनशील सूचीमा परेका छन् । गृह मन्त्रालयले सोहीअनुसार ती जिल्लामा सुरक्षा रणनीति बनाई थप सुरक्षाकर्मी परिचालन गरेको छ । आजको नयाँ पत्रिकामा खबर छ ।

 त्यस्तै, ६ नम्बर प्रदेशका मध्यपश्चिमका रुकुम, डोल्पा, हुम्ला, कालिकोट, दैलेख, सुर्खेत, जुम्ला, मुगु, जाजरकोट, सल्यान जिल्लालाई प्रहरीले संवेदनशीलमा राखिएको छ । विप्लवको गतिविधि यी जिल्लामा रहेकाले चुनावविरोधी घटना हुनसक्ने गृह मन्त्रालयको विश्लेषण छ । निर्वाचनमा सहरी क्षेत्रभन्दा दुर्गम पहाडी गाउँहरूमा धेरै चुनौती रहेको प्रहरीको विश्लेषण छ । सडक बाटो नपुगेका र ग्रामीण क्षेत्रहरूका मतदान केन्द्रको सुरक्षामा विशेष सतर्कता अपनाइएको गृह मन्त्रालयका प्रवक्ता बालकृष्ण पन्थीले जानकारी दिए । सोहीअनुसार ग्रामीण क्षेत्रका धेरै मतदान केन्द्रमा इन्स्पेक्टरकै कमान्डमा प्रहरी खटाइएको छ । विप्लव नेतृत्वको पार्टीले देशभरि नै हिंसात्मक घटना गर्दै आएको छ । प्रहरीले करिब दुई सय कार्यकर्तालाई पक्राउ गरिसकेको छ । केही कार्यकर्ता तालिमप्राप्त पूर्वलडाकु भएकाले उनीहरूमाथि विशेष निगरानी गरिएको गृह मन्त्रालयले जनाएको छ ।

हेलिकोप्टर ‘स्ट्यान्डबाई’
चुनावी सुरक्षाका लागि गृह मन्त्रालयले २४ सै घन्टा हेलिकोप्टर तयारी अवस्थामा राखेको छ । काठमाडौं र सुर्खेतमा हेलिकोप्टर तयारी अवस्थामा राखिएको गृह मन्त्रालयका सहायक प्रवक्ता जनार्दन गौतमले बताए । दुर्गम क्षेत्रमा कुनै घटना भएमा तत्काल उद्धार तथा थप सुरक्षाकर्मी ओसार्न हेलिकोप्टर तयारी अवस्थामा राखिएको हो ।