जनकपुर, फागुन २१ । नयाँ शक्ति पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले संविधान संशोधन नगरी स्थानीय तहको चुनाव हुन नसक्ने बताएका छन् ।
शनिबार जनकपुरमा आयोजित एक कार्यक्रममा डा. भट्टराईले नेपाली कांग्रस, नेकपा एमाले र माओवादी केन्द्रले संविधान संशोधन नगरी चुनाव गर्न खोज्नु मुलुकका लागि घातकसिद्ध हुने दाबी गरे ।
उनले तत्काल मधेसी जनताका माग सम्बोधन हुने गरी संविधान संशोधन गर्नुपर्नेमा जोड दिए ।